साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरे चित्र कोर्नेहरूले विचित्र

यही चालले देश बन्दैन मित्र गरे चित्र कोर्नेहरूले विचित्र बिसाई यहीँ वेद गीता नमाज छिटो उठ्नुपर्ने भएको छ आज ।

Nepal Telecom ad

यता गाउँमा छैन कोही मलामी
अझै खोज्छ नेतृत्व छड्के सलामी
छ गाह्रो अवस्था बिरामी छ देश
मनोरोगले ग्रस्त छन् यी विशेष

स्वयम् सप्रिए जिन्दगानी बनाए
यहाँ लूटको राजधानी बनाए
सयौं वीरको भावनामाथि खेल्दै
थियोे देश यौटा खरानी बनाए

जता जान्छ दुःखी उतै लाग्छ ऐन
ठुलाठालुलाई जहीँ चैन चैन
व्यवस्था नयाँ हो अवस्था पुरानो
यहाँ बाँच्न गाह्रो छ दुःखी र सानो

हुँदा लाभ सम्बन्ध गाढा हुने हो
रुँदा दुःखले विश्व टाढा हुने हो
यही हो यही हुन्छ तर्सेर हुन्छ ?
हली हच्किए गोरु छाडा हुने हो

कहाँ मिल्छ हाँसो उठाएर चन्दा
यहाँ फूलबारी भएको छ गन्दा
दुईचार ढल्छन् सयौँ उच्च बन्दा
निराशा ठुलो मृत्यु हो मृत्युभन्दा

यही चालले देश बन्दैन मित्र
गरे चित्र कोर्नेहरूले विचित्र
बिसाई यहीँ वेद गीता नमाज
छिटो उठ्नुपर्ने भएको छ आज ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x