सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गरे चित्र कोर्नेहरूले विचित्र

यही चालले देश बन्दैन मित्र गरे चित्र कोर्नेहरूले विचित्र बिसाई यहीँ वेद गीता नमाज छिटो उठ्नुपर्ने भएको छ आज ।

Nepal Telecom ad

यता गाउँमा छैन कोही मलामी
अझै खोज्छ नेतृत्व छड्के सलामी
छ गाह्रो अवस्था बिरामी छ देश
मनोरोगले ग्रस्त छन् यी विशेष

स्वयम् सप्रिए जिन्दगानी बनाए
यहाँ लूटको राजधानी बनाए
सयौं वीरको भावनामाथि खेल्दै
थियोे देश यौटा खरानी बनाए

जता जान्छ दुःखी उतै लाग्छ ऐन
ठुलाठालुलाई जहीँ चैन चैन
व्यवस्था नयाँ हो अवस्था पुरानो
यहाँ बाँच्न गाह्रो छ दुःखी र सानो

हुँदा लाभ सम्बन्ध गाढा हुने हो
रुँदा दुःखले विश्व टाढा हुने हो
यही हो यही हुन्छ तर्सेर हुन्छ ?
हली हच्किए गोरु छाडा हुने हो

कहाँ मिल्छ हाँसो उठाएर चन्दा
यहाँ फूलबारी भएको छ गन्दा
दुईचार ढल्छन् सयौँ उच्च बन्दा
निराशा ठुलो मृत्यु हो मृत्युभन्दा

यही चालले देश बन्दैन मित्र
गरे चित्र कोर्नेहरूले विचित्र
बिसाई यहीँ वेद गीता नमाज
छिटो उठ्नुपर्ने भएको छ आज ।

०००
इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला