साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरी जेलैमा

हातमा बाला लगाएर, घाँटीमा दाम्लो जत्रो गहना झुण्ड्याएर शरीरलाई नै सकस हुने गरि, भार पर्ने गरि चरी जेलैमा भन्न सुहाउला र ?

Nepal Telecom ad

तिज घन्काएर आयो, आउने दिन अगावै आयो , महिना दिन अगावै आयो । आउन त आयो दिमागै खायो । यो आयो, नेपालीले के पायो? लट्टे चाम्रे हैन रेष्टुरेण्टले रक्सि बेच्न पायो, कसैले …. पुतली भनेर गीत गाउन पायो, उसैले गीत कमायो । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड भनेको झैं, तीज कसैलाई अपरम्पार भएको छ कसैलाई मारामार भएको छ ।

अस्ति यौटी चेली आईफोनमा टिकटक बनाउँदै थिईन् । लगभग २० तोला सुनमा शरीरलाई झरिझुत्तै बन्धक बनाएर गह्रुँङ्गोसँग नाच्दै नाच्दै भन्दै थिईन- चरी जेलैमा । हो नी हजुर, त्यति धेरै गहना लगाएपछि महिलालाई घर बाहिर निस्किन सकस छ, बाहिर निस्के गहना हराउला भन्ने डर हुन्छ अनि घरमा नै गहना प्रदर्शनी गर्दा चरी जेलैमा हुँदैन र ?

विदेशमा श्रीमानको पसिनाको तेल बगाएर यहाँ चरी जेलैमा भन्नेको कमी रहेन । जसले यो गीत गायो, उसैको बारेमा कसैले हिम्मत राखेन बाहिर ल्याउनलाई तर अधिकांशले गीत गुन्गुनाईरहे नै । हिम्मत हुनेले त गएर बिष्णु माझीलाई सार्वजनिक गर्नु पर्ने नि किन गर्ने हिम्मत राखेनन् ?

बियर र रक्सि खाइदिएर चेलीले नाचे अनि चरी जेलैमा भनिदिए ? ल भन्नुस् त कसरी सुहायो भनेर भन्दा महादेवले नागको माला बाघको छाला लाउदा उही राम्रो हुने हामी चेलीले एक दिन वाईन खादैमा हजुरको के बिग्रने ? तपाईहरूको सोच नै हामीलाई जेलमा राख्ने सोच छ …. पो भन्छन् गाँठे ।

आजकाल बजारमा बस्ने अधिकांश चेली मेलामा जाँदैनन् । मेला र पर्म भनेको के हो भनेर शब्दकोषमा हेर्न पर्ने बेला भै सक्यो तर त्यही शब्द नजान्नेले मै छोरी रुँदै रुँदै बेसी मेलैमा भन्ने गीत गाउन सुहाउँछ र ? जीवन अभिनय मात्र भै दिएको भए हुने थियो नि तर जीवन भोगाई हो वास्तविकता हो नि । तर रेष्टुरेण्टमा गएर आधा जीउ मात्र ढाकेर नाच्दै चरी जेलैमा भन्न सुहाउँछ ?

राज्यले आरक्षण दिएको जागिर चेलीले नै पाएका छन् । जग्गाको लालपूर्जा यिनै चेलीको बढि हुन लागि सक्यो । गहना यिनै चेलीका बढि छन्, कपडा यिनै चेलीका बढि छन् । चाडबाड आउनु एक महिना पूर्व यिनलाई तिजको दिनमा नै के लगाउने भनेर तपस्या बस्न पर्छ । भन्छन् नि दराजमा कपडा राख्ने ठाउँ छैन, मै राँडलाई लाउन आउँदैन, हो त्यस्तै भएको छ । दराज भरी कपडा छन् तर तीजको दिन छुट्टै कपडा लगाउनु पर्ने तर गाउनु चाहिँ चरी जेलैमा गाउनु पर्ने ?

हातमा बाला लगाएर, घाँटीमा दाम्लो जत्रो गहना झुण्ड्याएर शरीरलाई नै सकस हुने गरि, भार पर्ने गरि चरी जेलैमा भन्न सुहाउला र ? जे होस्, सादा तिजको शुभकामना सबै चेलीलाई, चरी जेलैमा हैन चरी मेलैमा जान सिकुन् बेलैमा । तारेमाम् ।

०००
लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x