साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी

केही देखे हतपत गरी दाँत गाडेर चाट्छ, कत्रो होला उदर उसको जत्ति खाए नि अट्छ, यस्तो जाली छ कि जुनसुकै क्षेत्रमा ढाँट्छ छल्छ, भ्रष्टाचारी वरपर भए उच्च दुर्गन्ध चल्छ ।

Nepal Telecom ad

काँडो हो ऊ प्रगति पथको लाग्छ थुङ्गा दुरुस्तै
भाँडो हो ऊ खुद जहरको लाग्छ पीयूष जस्तै
जिम्मेवारीसँग परपरै भाग्छ गर्दैन काम
आफूलाई तर अति महान् ठान्छ कस्तो हराम
१

पैसा देखे अझ नजिकिँदै र्‍याल काढेर हेर्छ
भन्नोस् कोही सुन छ गुहुमाझ हात गाडेर हेर्छ
चेब्रे पार्ने धुरुधुरु रुने लाग्छ गोही विशिष्ट
भ्रष्टाचारी सरह जगमा छैन कोही निकृष्ट
२

भ्रष्टाचारीसँग नजिकिए साधु नै चोर बन्छन्
विद्वान् ज्ञानी मनुज घिनले तर्किँदै दूर भाग्छन्
भ्रष्टाचारी यति पतित छन् हात मैलिन्छ छोए
यस्तो मैलो जति बल गरौँ दाग जाँदैन धोए ।
३

केही देखे हतपत गरी दाँत गाडेर चाट्छ
कत्रो होला उदर उसको जत्ति खाए नि अट्छ
यस्तो जाली छ कि जुनसुकै क्षेत्रमा ढाँट्छ छल्छ
भ्रष्टाचारी वरपर भए उच्च दुर्गन्ध चल्छ
४

घुड्क्याएको मुफत पसिना पच्न सक्दैन पोल्छ
मर्ने बेला विरह पछुतो छट्पटीले बिथोल्छ
ऊ आफैँ हो अधिपति यहाँ गर्छ आफैँ निसाफ
कोही होला उस भुवनमा भोलि गर्ने हिसाब ?
५

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सम्वाद

सपनाको सम्वाद

बालकृष्ण खनाल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x