साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारी

केही देखे हतपत गरी दाँत गाडेर चाट्छ, कत्रो होला उदर उसको जत्ति खाए नि अट्छ, यस्तो जाली छ कि जुनसुकै क्षेत्रमा ढाँट्छ छल्छ, भ्रष्टाचारी वरपर भए उच्च दुर्गन्ध चल्छ ।

Nepal Telecom ad

काँडो हो ऊ प्रगति पथको लाग्छ थुङ्गा दुरुस्तै
भाँडो हो ऊ खुद जहरको लाग्छ पीयूष जस्तै
जिम्मेवारीसँग परपरै भाग्छ गर्दैन काम
आफूलाई तर अति महान् ठान्छ कस्तो हराम

पैसा देखे अझ नजिकिँदै र्‍याल काढेर हेर्छ
भन्नोस् कोही सुन छ गुहुमाझ हात गाडेर हेर्छ
चेब्रे पार्ने धुरुधुरु रुने लाग्छ गोही विशिष्ट
भ्रष्टाचारी सरह जगमा छैन कोही निकृष्ट

भ्रष्टाचारीसँग नजिकिए साधु नै चोर बन्छन्
विद्वान् ज्ञानी मनुज घिनले तर्किँदै दूर भाग्छन्
भ्रष्टाचारी यति पतित छन् हात मैलिन्छ छोए
यस्तो मैलो जति बल गरौँ दाग जाँदैन धोए ।

केही देखे हतपत गरी दाँत गाडेर चाट्छ
कत्रो होला उदर उसको जत्ति खाए नि अट्छ
यस्तो जाली छ कि जुनसुकै क्षेत्रमा ढाँट्छ छल्छ
भ्रष्टाचारी वरपर भए उच्च दुर्गन्ध चल्छ

घुड्क्याएको मुफत पसिना पच्न सक्दैन पोल्छ
मर्ने बेला विरह पछुतो छट्पटीले बिथोल्छ
ऊ आफैँ हो अधिपति यहाँ गर्छ आफैँ निसाफ
कोही होला उस भुवनमा भोलि गर्ने हिसाब ?

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x