साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नुहाएर चोखा भए राष्ट्रघाती

उज्यालो बनाइन्छ भन्ने छ नारा दियो बल्न चाहिन्छ नै तेल बाती । छ पैसा बगाइन्छ खोलो जितिन्छ नुहाएर चोखा भए राष्ट्रघाती ।

Nepal Telecom ad

परे देशमा बज्र थापूँ म छाती
बचे देश मैले मरेकै छ जाती ।

बिरामी छ यो देश सत्ता अशक्त
निदायो प्रजातन्त्र कुर्सी समाती ।

हुँदा भाग सानो ठुलो द्वन्द्व हुन्छ
कतै हुन्छ वार्ता कुरा मिल्छ राति ।

कुरा हैन सामर्थ्य चाहिन्छ गर्न
चिनी बन्न सक्दैन पेलेर पाती ।

उज्यालो बनाइन्छ भन्ने छ नारा
दियो बल्न चाहिन्छ नै तेल बाती ।

छ पैसा बगाइन्छ खोलो जितिन्छ
नुहाएर चोखा भए राष्ट्रघाती ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x