सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

देश, खरितेहरू र निर्वाचन

के म यो बुढी गाई बोर्डर कटाउने मियालाई विकासका नाममा बेचूँ ? कि घाटा खपेरै सही उसको अस्थिपन्जरको टाँक राष्ट्रियताले सिलाऊँ ?

Nepal Telecom ad

आजको एक बिहान
गाउँ भएर पोखियो छातीभरि
र, मनले भन्यो
अझै मन त गाउँमै छ कान्छा !
बाँच्नुको जिजिविषाले
हतारोको जिन्दगी दौडेर
ऊ सहरमा पस्यो
र, एउटा समयको सपना
ओइलाएर झर्यो ।
मन नभएर पनि बाँच्न सकिन्छ र कान्छा ?
यो खरितेको निन्द्राजस्तो बाँचेको सहर
मेरो टाउकोमा बुढी गाई
देश भएर डामिएको छ ।
र, म सोचिरहेछु
यो निर्वाचन जस्तो खरिदबिक्रीको पेशा
बहुत फस्टाएको छ सहरमा ।
के म यो बुढी गाई
बोर्डर कटाउने मियालाई
विकासका नाममा बेचूँ ?
कि
घाटा खपेरै सही
उसको अस्थिपन्जरको टाँक
राष्ट्रियताले सिलाऊँ ?

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
तीन दनक

तीन दनक

धनकुटे कान्छा
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)