साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश, खरितेहरू र निर्वाचन

के म यो बुढी गाई बोर्डर कटाउने मियालाई विकासका नाममा बेचूँ ? कि घाटा खपेरै सही उसको अस्थिपन्जरको टाँक राष्ट्रियताले सिलाऊँ ?

Nepal Telecom ad

आजको एक बिहान
गाउँ भएर पोखियो छातीभरि
र, मनले भन्यो
अझै मन त गाउँमै छ कान्छा !
बाँच्नुको जिजिविषाले
हतारोको जिन्दगी दौडेर
ऊ सहरमा पस्यो
र, एउटा समयको सपना
ओइलाएर झर्यो ।
मन नभएर पनि बाँच्न सकिन्छ र कान्छा ?
यो खरितेको निन्द्राजस्तो बाँचेको सहर
मेरो टाउकोमा बुढी गाई
देश भएर डामिएको छ ।
र, म सोचिरहेछु
यो निर्वाचन जस्तो खरिदबिक्रीको पेशा
बहुत फस्टाएको छ सहरमा ।
के म यो बुढी गाई
बोर्डर कटाउने मियालाई
विकासका नाममा बेचूँ ?
कि
घाटा खपेरै सही
उसको अस्थिपन्जरको टाँक
राष्ट्रियताले सिलाऊँ ?

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
तीन दनक

तीन दनक

धनकुटे कान्छा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x