कवि आफैँ, पत्थर भएको छ
कस्ले सोध्यो र चोट फूलको, डोबलाई यहाँ मरेपछि मालामा ऊ, अमर भएको छ ।
खोप्दा खोप्दै कवि आफैँ, पत्थर भएको छ
मूर्तिकारको घाउ भर्खर, मत्थर भएको छ ।
कवि, प्रेमी, पागल सबै, सबै जायज देख्छन्
नाजायज मुस्कान हेर, जब्बर भएको छ ।
नखेल्नु कमलो मनसँग, नखेल्नु काँडासँग
सधैँ मग्मगाउने पसिना जो, अत्तर भएको छ ।
कस्ले सोध्यो र चोट फूलको, डोबलाई यहाँ
मरेपछि मालामा ऊ, अमर भएको छ ।
०००
दमक, झापा