साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूइँमान्छेका कुरा

बन्दुक बनाउने यो मुलुकमा म बाँसुरी खोप्ने गोठालाको जन्म पर्खिरहेछु । र, मेरो शासक समयदेखि तर्सिएर ऊ आठौँ गर्भको त्रास बाँच्न थालेको छ। के फेरि समयले अर्को कृष्ण जन्माउन सक्दैन र ?

Nepal Telecom ad

बाँस निहुरिन्छ
अग्लो हुनु भनेको
निहुरिनु पनि हो ।
जन्मदा चाहिने
मर्दा चाहिने
मलाई बाँस मन पर्छ ।
बाँस नुहाउनु
र,
हाँगा काटेर घाँस बनाउनु
बाँस काट्नु
र,
बाँसको घर बनाउनु
अर्थात् घाट पुग्ने खट बनाउनु
तर,
बाँससँग नजिस्कनु ।
बाँस निहुरियो भनेर
धेरै नझुकाउनु
पड्किन्छ
र,
चिउँडो फुकाल्छ ।
बाँस झ्याङ्गियो भनेर
हतियार नलगाउनु
तामा/ टुसो हालेर मौलाउँछ ।
अर्थात्,
बाँसले जीवनको गीत गाउँछ
बाँससँग नजिस्कनु
बाँस आफू खोपिएर पनि मिठो धुन सुनाउँछ ।
बाँसलाई नखोपेर
बन्दुक बनाउने यो मुलुकमा
म बाँसुरी खोप्ने गोठालाको जन्म पर्खिरहेछु ।
र, मेरो शासक समयदेखि तर्सिएर
ऊ आठौँ गर्भको त्रास बाँच्न थालेको छ।
के फेरि समयले अर्को कृष्ण जन्माउन सक्दैन र ?

म समयसँग
सत्यमा बाँसुरीको धुन मागिरहेछु ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
तीन दनक

तीन दनक

धनकुटे कान्छा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x