साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अङ्ग्रेजी वर्ष र मेरो देश

बेचिरहेछन् इतिहासका रगतका टाटाहरू र, साटिरहेछन् चोक्टा चोक्टामा कहिल्यै नहल्लिएको भूगोल ।। अर्थात् समय र मेरो देश आइसक्रिमको बोट भएर उभिएको छ र, चुसिरहेछन् नानीहरू थारो दूधका मुन्टाहरू ।

Nepal Telecom ad

समय अर्थात् मेरो देश
आइसक्रिमको बोट भएर उभिएको छ ।
र चुसिरहेछन् नानीहरू
थारो दुधका मुन्टाहरू ।।

हुलाकघरका पुराना अनुहारहरू
रोकन हराउँदै गएका
आँखा भएकाछन् ।
वर्षौदेखि नखोलिएका
डाकघरका बन्द खामहरू
आवाजविहीन शब्दहरू
मलामी भएकाछन् ।।

आफन्तका सञ्चो बिसञ्चोका खबरहरू
संवेदनाविहीन नदुख्ने
घाउ भएकाछन् ।
शहीदले देखेका
उज्यालो समर्पणका रहरहरू
सालिकपिच्छे नीर्जिवताका
परिभाषामा दशलाख
व्यापार बाँच्ने भएका छन् ।।

चराहरूले गाएका स्वतन्त्रताका राग र आलापहरू
बेसुरा, अर्धमुर्छित फलाको भएका छन् ।
स्वाभिमानी धुलोका अचल छातीहरू
लाहाछाप बन्द परेको छ देश
पानीको ओडारले थुनिएको छ राष्ट्रियता
गुफा तन्नेरी बनेर चमेरा उल्टो झुण्ड्याइरहेछ
र, उज्यालोका विरुद्ध अँध्यारो गीत गाइरहेछ ।।

भोकाहरू पानीको पहाड चाटिरहेछन्
नाङ्गाहरू चिसो अस्मिता साटिरहेछन्
अँध्यारो सिरेटो बनेर हुँइकिरहेको छ
समय आइसक्रिमको बोट भएर उभिएको छ
र, चुसिरहेछन् नानीहरू –
थारो दुधका मुन्टाहरू ।।

समय फ्रिज भएको छ धमिला बाढीहरूले
दृश्य फ्रिज भएको छ सन्धि सम्झौताका बाँधहरूले
त्यही बहानामा मूर्खहरू
पानीलाई आइसक्रिम बताइरहेछन्
र, बाँडिरहेछन् पानीफोकाजस्ता आश्वासनहरू
थरीथरीका रंगहरूमा कुल्फी बनाएर
बेचिरहेछन् इतिहासका रगतका टाटाहरू
र, साटिरहेछन् चोक्टा चोक्टामा कहिल्यै नहल्लिएको भूगोल ।।

अर्थात् समय र मेरो देश आइसक्रिमको बोट भएर उभिएको छ
र, चुसिरहेछन् नानीहरू थारो दूधका मुन्टाहरू ।।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पहाड, उन्यू र म

पहाड, उन्यू र म

धनकुटे कान्छा
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
तीन दनक

तीन दनक

धनकुटे कान्छा
0
Would love your thoughts, please comment.x
()
x