सुलसुलेकवि उपाध्याय र कथाकार ठकुरी सम्मानित
चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार-२०७९ बाट कवि कृष्णशरण उपाध्यायलाई सम्मान गरेको छ । त्यसैगरी चिसाप गायत्री सरस्वती सम्मान-२०७७ बाट कथाकार माया ठकुरीलाई सम्मान गरिएको हाे ।

भरतपुर, १५ पुस । चितवन साहित्य परिषद्ले १३९औँ लेखनाथ जयन्ती समारोहमा स्रस्टा सम्मान, काव्य चर्चा र कविता वाचन कार्यक्रम गरेको छ ।
सोही समारोहमा चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार-२०७९ बाट कवि कृष्णशरण उपाध्यायलाई सम्मान गरेको छ । त्यसैगरी चिसाप गायत्री सरस्वती सम्मान-२०७७ बाट कथाकार माया ठकुरीलाई सम्मान गरिएको छ । प्राविधिक कारणवश यो पुरस्कार प्रदानमा ढिलाइ भएको आयोजकले बताएको छ ।
दुबै पुरस्कारको राशी जनही १५ हजार ४५ रुपैयाँ र सम्मानपत्र छ । चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल र कवि गोविन्दराज विनोदीले टीका, माला र दोसल्ला लगाएर स्रस्टालाई सम्मान गरेका हुन् ।
कार्यक्रममा सम्मानित स्रस्टाका कृतिगत र व्यक्तिगत विषयमा पनि चर्चा गरिएको थियो । उपाध्यायका बारेमा पदम अर्याल र ठकुरीका बारेमा गायत्री श्रेष्ठले चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न स्रस्टाले कविशिरोमणि पौडेलका रचना वाचन गरेका थिए ।
०००
Subscribe
Login
0 Comments
Oldest











































