साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुस्कानका पाइला

सबैलाई मुस्कान पुर्‍याउने योग्यता सफलताले राख्छ । यसले सर्वाङ्ग मुस्कान पोतेर सृष्टि सौन्दर्यको सम्मान गर्न सक्छ । जीवन सम्पूर्ण अधर खोलेर मुस्कान छर्दै हिँड्छ ।

Nepal Telecom ad

साझा कर्म हो सिर्जना । मनले रहर गर्छ । मस्तिष्क अभ्यासमा लाग्छ । चेतनाले पाइन हाल्छ । निरन्तर साधनाले परिष्कार गर्छ । सिर्जनामा स्वाद भरिन्छ ।

चुनौती हो सिर्जना । यसमा नवीनताले रस जुटाउँछ । सिर्जनाले सरस जीवन खोज्छ । यसमा कल्पनाका पालुवा अटाउँछन् । सिर्जना प्रकृति र भूगोलसँग खेल्छ । खेलमा खेलाडीहरूको प्रतिस्पर्धा हुन्छ । यस खेलमा समूह सक्रिय रहन्छ । खेलको दुनियाँमा व्यक्ति, समाज, देश र सिङ्गै भूगोल जुटेर बनेका समूहको बढी चासो रहने गर्छ ।

जीवन खेलहरूको सङ्गम हो । सिर्जनात्मक खेलले जीवनमा गति भर्छ । समूह निर्माण गरी सँगसँगै हिँड्न अराउँछ । यसले फरक परिवार र समाजका सदस्यहरू बिच एकता गराई सहकार्यमा जुट्न अभिप्रेरित गर्छ । यसले त जीवनमा केवल बिरुवा रोपेर चित्त बुझाउँदैन फूल नै फुलाउन चाहन्छ ।

खेल जीवनको रङ्गशाला हो । यसमा रङ रङका खेलाडी सहभागी हुन्छन् । व्यक्तिले व्यक्तिलाई पछारेर उत्सव मनाउँछन् । व्यक्तिले व्यक्ति पछार्नु नै सिर्जना हो ? यो अनुत्तरित प्रश्नले सिर्जना र जीवनको अन्तरङ्ग खोज्छ । यो खोजी चियामा चिनी खोजेजस्तै सिसिफसको कथा हो ।

यो सिर्जनाको सुइरो व्यक्तिले व्यक्ति पछार्नु होइन यश तथ्यलाई कतिले सहज स्विकार्छन् ? यही कुरा कतिलाई विश्वास नलाग्न सक्छ । मोती टिप्ने विषय मननीय चौतारी हो । चौतारीमा बिसाउनेहरू धेरै हुन्छन् तर सबैले बिसाउँछन् भन्ने हुँदैन । जीवन बाँच्ने सबै हुन्छन् तर जीवन अर्थ्याउने कम भेटिन्छन् । मोती टिप्ने रहर सबैलाई लाग्छ । धेरैले अभ्यास गर्छन् । केहीलाई सफलताले वरण गर्छ । धेरैलाई यो मौका पाउने सम्भावना न्युन रहन्छ । चल्तीको सफलता पत्याउने हो भने जनक, याज्ञवल्क्य, गौतम बुद्ध , अरनिको, जयपृथ्वीबहादुर सिंह, चाणक्य, कर्मचन्द गान्धी, अब्राहम लिङ्कन, कार्लमाक्स, नेल्सन मन्डेलाहरूसम्म पुगिएला । धेरैको नजरमा यसलाई सफल जीवन भनिन्छ तर ढुक्कले धारेहात लाउनेहरू छैनन् भन्न सकिन्न ।

यसो हो भने सफल को ? अर्को प्रश्न तेर्सिन्छ । के हो सफलता ? थप प्रश्नको घुइँचो ! चर्चामा आउनु, धनी हुनु, पदमा पुग्नु सफलता हो ? होेइन यो त प्रगति हो । सफलताले त सर्वप्राणीको अधरमा मुस्कान पोत्छ । सँगै सुखी हुन योगदान दिन्छ र बदलामा कुनै पनि प्रतिफल लिँदैन । यसले त प्रकृतिका हरेक अङ्गसित सहज सम्प्रेष्य भई सिर्जनाका डाली डाली सजाउन सक्छ । यो अरुको काँध चढेर अग्लिँदैन तर प्रगति अरुकै काँधमा उभिन्छ ।

सिर्जनाले संवेदनशील विधिव्यवहार गरे साझा जीवन मुस्कुराउन अप्ठेरो पर्दैन । बरु यसले सफलतालाई उज्यालो प्रदान गर्न सक्छ । जीवनका अङ्ग अङ्ग मुस्कुराउन पुग्ने कर्ममा सफलताको मुना पलाउनेछ सम्भावना बलियो हुन्छ तर सम्पन्नताले प्रगतिको सूचना दिन्छ । यसमा केही मान्छे मुस्कुराउँछन् । यसले सबैलाई पुग्ने गरी मुस्कान उत्पादन गर्न सक्दैन । सबैलाई मुस्कान पुर्‍याउने योग्यता सफलताले राख्छ । यसले सर्वाङ्ग मुस्कान पोतेर सृष्टि सौन्दर्यको सम्मान गर्न सक्छ । जीवन सम्पूर्ण अधर खोलेर मुस्कान छर्दै हिँड्छ । अस्तु ।

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x