साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई छोटा कविता

Nepal Telecom ad

१.
बपौती

नेता पहिले पनि छानिन्थे,
अहिले पनि छानिन्छन्,
फरक यति मात्र छ कि,
पहिले नेता छानिनु,
हुन्थ्यो एक चुनौती,
अब पुग्छन् पदमा चलाउँदै
संचित शक्तिको करौंती –
जस्तै बपौती ।

२.
आलोपालो

यसले उसलाई उचाल्यो
उसले यसलाई उचाल्यो
जोड दिएर यताको गुटमा हाल्यो
घटाउ गरेर उताको गुटबाट निकाल्यो
छुट्याउनै गाह्रो भयो
को छ हिंग- को छ हिंगको टालो ?
अब थाहा पाउन गरिँदैछ,
सत्ताप्रपञ्चको जादु कालो ।
वाह क्या गजब रहेछ यो
शक्तिपरीक्षणको फर्मुला
“आलोपालो ।”

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x