साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा न्यौपाने प्रथम

भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानको आयोजनामा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ । ८७ औँ भूपि जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा ११५ वटा कविताहरु प्राप्त भएका थिए ।

Nepal Telecom ad

भरतपुर, १६ पुस, ०७९ । भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानको आयोजनामा राष्ट्रव्यापी खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

८७ औँ भूपि जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा ११५ वटा कविताहरु प्राप्त भएका थिए । जसमध्ये आयोजकले दिएको मापदण्डभित्र जम्मा ५८ वटा कविता छनौटमा परेका थिए । तीन जना निर्णायकले ५८ वटा कवितामध्ये १५ वटा कवितालाई मात्र वाचनको लागि योग्य ठहर्‍याएका थिए । पन्ध्र प्रतियोगीमध्ये २ जना अस्वस्थताका कारण अनुपस्थित थिए ।

वाचनमा सहभागी भएका १३ प्रतियोगीमध्ये देवदह, रुपन्देहीका यज्ञप्रसाद न्यौपानेको कविता ‘असहमतिको दस्तावेज’ ले प्रथम स्थान हासिल गरेको छ । प्रथम हुने स्रष्टा न्यौपाने ४० हजार ७८ रुपैयाँ नगद राशीसहित सम्मानपत्रले सम्मानित भए । त्यस्तै महेश संस्कृत गुरुकुलममा अध्ययनरत छात्र सुजन थपलियाको कविता ‘आमा’ द्वितीय भएको थियो । उनी ३० हजार ७८ रुपैँया सहित सम्मानपत्रले सम्मानित भए । वनस्थली काठमाडौंबाट सहभागी भएकी कवि राधिका कल्पितको कविता ‘पेन्सन’ले तृतीय स्थान ओगट्न सफल भयो । उनी २० हजार ७८ नगद राशीसहित सम्मानपत्रले सम्मानित भइन् । त्यस्तै तनहुँबाट सहभागी कवि नारायणी अधिकारीको कविता ‘दुर्गा भवानी उठ’ र पाल्पाका स्रष्टा जनक कार्कीको कविता ‘चिहान खनिरहेको मान्छे’ ले सान्त्वना स्थान ओगट्न सफल रह्यो । उनीहरू जनही १० हजार ७८ रुपैयाँ सहित सम्मान पत्रले सम्मानित भए ।

अन्य उपस्थित कवि कवयित्रीहरुलाई पनि सम्मानपत्रले सम्मान गर्नुको साथै सबै उपस्थित स्रष्टाहरूलाई महानगर प्रज्ञा प्रतिष्ठानले बाटोखर्चको व्यवस्था गरेको थियो ।

प्रतियोगितामा छन्द कवि गोविन्दराज विनोदी, कवि भूपिन खड्का र डा.केशवराज चालिसे निणर्ायक भूमिकामा थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x