साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खर्क

कराउने हो सत्ताबाहिर भित्र मोज चैन घर- बाघ बाहिर म्याउ अर्को रूपै छैन बोल्न जान्ने ढाँट्न सक्ने सिपकला भाको यै सिप हो मेरो शक्ति यसैले हो खाको ।

Nepal Telecom ad

डा. छायादत्त न्याैपाने :

देख्नेसुन्ने धेरै यहाँ नक्कले नि धेरै
यताउता गुणगान सुनाउँछु मेरै
बिदेसिने धेरै भए अल्छी पनि धेरै
ठगी खाने लुकी खाने स्वभाव हो मेरै।

पर्खपर्ख जनता हो हक खोज्नु हुन्न
पद-पैसा मात्रै लिन्छु काम छुँदै छुन्न
साथीसँगी हिजो थियौँ आज पालो दिन्नँ
आजीवन रजाइँ गर्छु भकारो छोडिन्न ।

कस्तो मजा मजै मजा यो राजस्व घिच्न
कर्तव्यको टाउको ठोकी अधिकार खोस्न
म देशको राम्रो मान्छे खानपिउन जान्ने
गैरी फाँट उर्वर खर्क बाँझै राखौं भन्ने।

श्रमशक्ति बिदेस्याउने गाउँ रित्याउने
उत्पादन रोकिदिँदा कमिसन आउने
जनशक्ति बिदेसिए हक माग घट्यो
जति धेरै आयात भो भागबिलो बढ्यो ।

दुवै हातभरि लड्डू कति मिठो स्वाद
आफ्नै दुनो नसोझ्याई के गर्नु खै राज ?
सीमापारि पानी परे छाता ओढ्छु यहाँ
म त साँच्चै बाठो मान्छे लाज मान्छु कहाँ ?

कराउने हो सत्ताबाहिर भित्र मोज चैन
घर- बाघ बाहिर म्याउ अर्को रूपै छैन
बोल्न जान्ने ढाँट्न सक्ने सिपकला भाको
यै सिप हो मेरो शक्ति यसैले हो खाको ।

गणेश र हनुमान दुवै मेरा शक्ति
किन चाहियो कूटनीति किन देशभक्ति
पेट भर्न दिए पुग्छ दालभाते थाली
भाउ मिले स्वाद परे हस्ते लाग्छ थाली।

०००
पर्वत, हाल – काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x