साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुच्चे पाटी

उनले धेरै बेर गम्भीर भएर हेरिरहे । अचानक उनलाई केही फुरेजस्तो भयो। उनले आफ्नो पुराणमा एउटा वाक्य थप्ने निश्चय गरे - "त्यो चुच्चे पाटीमा भुतप्रेतको वास रहेछ।"

Nepal Telecom ad

रमेन्द्र कोइराला :

बाल्मिकीलाई उपदेश दिएर नारदमुनि अगाडि लागे। एउटा बस्तीमा पुगे। बाटोको छेउमा एउटा पुरानो खालको टुटेको पाटी थियो। उनले एकछिन पार्टीमा विश्राम गर्ने सोच बनाए तर पाटी धेरै नै पुरानो थियो। काठका सामग्रीहरू पुराना र भत्किन आँटेका थिए ।

छेउछाउमा दिसा पिसाब गरेर फोहोर पारिएको थियो। पाटीभित्र जालैजालो थियो। उल्लुले डेरा जमाएको थियो। माकुराको राज थियो। हेर्दै डरलाग्दो थियो।

उनले सोचे -“यहाँ आएर कोही एकछिन बस्यो भने त्यसलाई रोगले समात्नेछ। ”
एक छेउमा मानिसहरु बस्न खर बिछ्याइएको थियो । मानिसहरू त्यहीं बस्थे, विश्राम गर्थे र आफ्नो काममा जान्थे।
उनले मानव कल्याणको बारेमा सोचे ।

उनले धेरै बेर गम्भीर भएर हेरिरहे । अचानक उनलाई केही फुरेजस्तो भयो।

उनले आफ्नो पुराणमा एउटा वाक्य थप्ने निश्चय गरे – “त्यो चुच्चे पाटीमा भुतप्रेतको वास रहेछ।”

०००
२०८२ /१०/ २०
इनरुवा -९, बबिया,सुनसरी । हाल- सानो ठिमी भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
मनकाे मैलाे

मनकाे मैलाे

रमेन्द्र काेइराला
खच्चड

खच्चड

रमेन्द्र काेइराला
श्रीझोले महापुराण

श्रीझोले महापुराण

डा. गाेपाल पाैड्याल ‘मण्डने’
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x