रमेन्द्र काेइरालाचुच्चे पाटी
उनले धेरै बेर गम्भीर भएर हेरिरहे । अचानक उनलाई केही फुरेजस्तो भयो। उनले आफ्नो पुराणमा एउटा वाक्य थप्ने निश्चय गरे - "त्यो चुच्चे पाटीमा भुतप्रेतको वास रहेछ।"

रमेन्द्र कोइराला :
बाल्मिकीलाई उपदेश दिएर नारदमुनि अगाडि लागे। एउटा बस्तीमा पुगे। बाटोको छेउमा एउटा पुरानो खालको टुटेको पाटी थियो। उनले एकछिन पार्टीमा विश्राम गर्ने सोच बनाए तर पाटी धेरै नै पुरानो थियो। काठका सामग्रीहरू पुराना र भत्किन आँटेका थिए ।
छेउछाउमा दिसा पिसाब गरेर फोहोर पारिएको थियो। पाटीभित्र जालैजालो थियो। उल्लुले डेरा जमाएको थियो। माकुराको राज थियो। हेर्दै डरलाग्दो थियो।
उनले सोचे -“यहाँ आएर कोही एकछिन बस्यो भने त्यसलाई रोगले समात्नेछ। ”
एक छेउमा मानिसहरु बस्न खर बिछ्याइएको थियो । मानिसहरू त्यहीं बस्थे, विश्राम गर्थे र आफ्नो काममा जान्थे।
उनले मानव कल्याणको बारेमा सोचे ।
उनले धेरै बेर गम्भीर भएर हेरिरहे । अचानक उनलाई केही फुरेजस्तो भयो।
उनले आफ्नो पुराणमा एउटा वाक्य थप्ने निश्चय गरे – “त्यो चुच्चे पाटीमा भुतप्रेतको वास रहेछ।”
०००
२०८२ /१०/ २०
इनरुवा -९, बबिया,सुनसरी । हाल- सानो ठिमी भक्तपुर
Subscribe
Login
0 Comments
Oldest







































