साइबर अपराध सम्बन्धी सचेतना सामग्री

​बस्ती छिर्छन् फेरि…

​भोटको खेती सकिएपछि, फेरि फर्किएर आउन्नन् मुटु घोच्छन् सियो बनी, सुहागका पाला ओढेर ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

​बस्ती छिर्छन् फेरि यहाँ, बाघका छाला ओढेर
जनता डस्न आउँछन् ती, नागका काला ओढेर ।

​कौडीको छैन मोल तर, हिराको चमक बेच्छन्
रित्तो थाल पस्किदिन्छन्, सागका माला ओढेर ।

​चुल्हो निभ्यो झुपडीको, देश नै धुवाँ भइसक्यो
उनीहरू रमाउँछन् सधैँ, आगाेका ज्वाला ओढेर ।

​बार्दलीबाट इसारा छ, आकाशका जून झार्ने
भुइँमा भने हिँड्छन् उनी, त्यागका चाला ओढेर ।

​भोटको खेती सकिएपछि, फेरि फर्किएर आउन्नन्
मुटु घोच्छन् सियो बनी, सुहागका पाला ओढेर ।

०००
२०८२ माघ २९ गते
सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
सरकारको सय दिन : आरोपको अचार, सुशासनको हुङ्कार !

सरकारको सय दिन :...

नन्दलाल आचार्य
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
भ्रम

भ्रम

नन्दलाल आचार्य
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x