साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रम

समाज ताली बजाइरहेको थियो । भ्रमलाई । सत्य भने चुपचाप लासघरमा पल्टिरहेको थियो ।

Nepal Telecom ad

नन्दलाल आचार्य :

म्यासेन्जरमा एउटा अपरिचित सन्देश आयो ।
क्षणभरमै गायब भयो ।
सन्देश वर्षौँदेखि बेपत्ता मजदुर नेता रमेशको अकाउन्टबाट आएको थियो ।
निष्क्रिय अकाउन्ट अचानक सक्रिय भयो ।
गाउँभरि चर्चा चल्यो ।

खोजी गर्दै जाँदा त्यस अकाउन्टमा एउटा तस्बिर भेटियो ।
तल व्यङ्ग्यात्मक टिप्पणी थियो ।
टिप्पणीमा लेखिएको थियो-
“चन्द्रमाजस्तो मुस्कान । सगरमाथाजस्तो दाँत । नासादेखि विश्व नेतासम्मले प्रशंसा गरेका छन् । यो वर्षको उत्कृष्ट तस्बिर यही हो ।”

टिप्पणी अतिरञ्जित थियो ।
भ्रामक थियो ।
तर मानिसहरू रमाइरहेका थिए ।
कसैले हाँस्यो ।
कसैले ‘लाइक’ गर्‍यो ।
कसैले सेयर गर्‍यो ।
भर्चुअल दुनियाँ झुमिरहेको थियो ।
खोक्रो प्रशंसाको बजार तातिरहेको थियो ।
डिजिटल नशाले विवेक ढाकेको थियो ।
तर यथार्थ फरक थियो ।

प्रहरीले तस्बिरको प्राविधिक परीक्षण गर्‍यो ।
त्यसपछि भयावह सत्य बाहिर आयो ।
तस्बिर कुनै सुन्दरीको थिएन ।
कुनै चर्चित व्यक्तिको पनि थिएन ।
त्यो त साहुको अमानवीय शोषण सहन नसकी ज्यान गुमाएकी एक अनाम मजदुर युवतीको लास थियो ।
एआईले त्यसलाई उज्यालो, आकर्षक र जीवन्त बनाइदिएको थियो ।
समाज ताली बजाइरहेको थियो ।
भ्रमलाई ।

सत्य भने चुपचाप लासघरमा पल्टिरहेको थियो ।

०००
उदयपुर
२०८३-०२-२९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x