साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खपेका छन् पीडा वृद्ध जनले

हिजो लालाबाला स्वजन कलिला निर्बल हुँदा। दिए न्यानो आभा तनमन खुबै प्रेमिल छ्टा।। वधू छोरा छोरी परपर हुँदा पाल्छ कसले ? खपेका छन् पीडा निशिदिन कठै! वृद्ध जनले ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’:

जवानी बेलामा गगन चुमिने तागत थिए।
सबै आफ्ना भन्ने वरपर अरू मानिस थिए।।
भयो साहै गाह्रो दिनहुँ अहिले जीर्णपनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। -१

वधू छोरा छोरी कठिनपनले पालन गरी।
पिता माता खट्छन् जतन सिपले चिन्तन गरी।।
भए आफन्ती ती अति मतलबी स्वार्थपनले ।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले । । -२

युवा जत्था हाम्रा प्रखर सिपका बेचिन पुगे।
यहाँ पाका मात्रै सकल घरका जिल्लिन पुगे॥
बिमारीले च्याप्दा छटपट हुँदा हेर्छ कसले ?
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। -३

मिठा उम्दा अर्ती अधम मतिका ती मलम हुन्।
दशा बाधा छेक्ने जनक जननी आवरण हुन्॥
सहन्छन् बाआमा विविध लफडा धैर्यपनले।
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ॥-४

हिजो लालाबाला स्वजन कलिला निर्बल हुँदा।
दिए न्यानो माया तनमन धरी ती खुस हुँदा।।
तिनै छोरा छोरी अब पर हुँदा पाल्छ कसले ?
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।-५

०००
वि.न.पा.-४,बट्टार, नुवाकोट।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x