साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनकाे मैलाे

केही समय पछि फेरि आएर हेर्यो । अघिसम्म त्यत्रो हिलो देखिन्थ्यो अहिले त केही नै छैन जस्तो छ ।

Nepal Telecom ad

रमेन्द्र कोइराला :

रमाको सासूसंँग गुम्सेको मन आमा आएपछि फुक्का भएको थियो । दिउँसो आमासँग दिल खोलेर सासूको गफ गर्न थाली । सासू चैं घरीघरी के गफ गर्छन् भनेर चियो गर्न ओहोरदोहोर गर्थिन् तर थाहा पाउँदैन थिइन् । उनीहरू घरी खुसुखुसु गर्थे घरी सारो बोल्थे ।

त्यही बिचमा रमा एकपटक शौचालयबाट आउँदा बाटोमा पानी पोखिएको देखी ।
“कसले यो पोख्यो ?” भनेर उसले घरै उठाउन थाली । सासूकै काम हो भनेर अप्रत्यक्ष रूपमा घोचपेच गर्न थाली । आमालाई सुनाउने गरि भनी-” यो घरका मान्छेले कति दु:ख दिन्छन् मलाई । जति सफा गर्यो तुरुन्तै फोहोर गर्दिहाल्छन् ।”
सासू पाहुनाको कारण केही बोलिनन् ।

लोग्ने अर्को कोठामा बसेर चुपचाप यो सबै हेरिरहेको थियो । ऊ अरू बेला त त्यति झगडा नगर्ने त्यसमाथि आज त सासू आएकी ।

केही बेरसम्म फतफताए पछि रमा फेरि भान्सामा गएर आमासँग गफिन थाली ।

एकछिन पछि रमाकी आमा शौचालय गएर आइन् । त्यतिखेरै रमाको पति रमेश केही कामले बाहिर निस्क्यो । उसले प्यासेजमा चप्पलको हिलो सहितको डाम देख्यो ।

“कसले यो फोहोर गर्यो ? ” रिसले कराउन आँटेको थियो । तर तुरुन्तै सम्झियो यो त सासुको काम हो । किनकि सासु भर्खरै शौचालयबाट आएकी थिइन् । तर सासू पाहुना भएकोले अपमान हुन्छ भनेर चुप लाग्यो । आमाले गरेको यो भन्दा कम फोहोरलाई स्वास्नी उफ्रेको अघि देखेको थियो । आफ्नी आमाले गाली खाँदा हुन्छ भने स्वास्नीकी आमाले गरेको गल्ती किन न उठाउने ?भन्ने सोचेको थियो तर सहेर बस्यो । कुरा उठाएन ।

केही छिन पछि फेरि त्यही बाटो हिंड्यो । “अरे ! हिलो त आधा सुकिसकेको रहेछ । ” उसले अचम्मले हेर्यो । अब उसको रिस धेरै शान्त भइ सकेको थियो । केही समय पछि फेरि आएर हेर्यो । अघिसम्म त्यत्रो हिलो देखिन्थ्यो अहिले त केही नै छैन जस्तो छ ।

यो देखेर पुरै शान्त भएर उसले सोच्यो -“रिस र हिलो उस्तै उस्तै पो रहेछ । चप्पलको हिलो सुके जसरी मनको मैलो पनि केही समयमा आफै सुक्तो रहेछ । अघि आफूले बोलेको भए सित्तैमा झगडा हुन्थ्यो । एकैछिन चुप लाग्दा त झगडै पो नहुने रहेछ ।”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
चुच्चे पाटी

चुच्चे पाटी

रमेन्द्र काेइराला
खच्चड

खच्चड

रमेन्द्र काेइराला
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x