साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोगी ड्राइभर

फर्क युवा आफ्नै देशमा, राख्नु हुन्न बाँझो नालायक ड्राइभर फेर्न, लागिहालौँ चाँडो कालापानी सुस्ता गयो, गयो मानेभन्ज्याङ यसैगरी चुपचाप बसे देशले खाला बल्ड्याङ ?

Nepal Telecom ad

गोपाल बराल :

चारैतिर थिचोमिचो के गरेर सहनू ?
सीमा हाम्रो सरिसक्यो कति चुप बस्नु ?
छिमेकीले नुनसँग हाम्रो माटो साट्दा
एक भई बोल्यौं भने त्यसको सातो झर्ला

प्राथमिकता केमा दिने ? अत्तोपत्तो छैन
देशविदेश घुम्याघुम्यै, माखो माऱ्या हैन
सिमानामा तार लगाऊ सरकार आह्वान गरोस्
नेपाली नै हाल्छन् पैसो सरकार कम्मर कसोस्

छिमेकी चाहिँ चन्द्र पुग्ने, हामी हेरिबस्ने
बुढाबुढी थला पर्दा कसको बाटो हेर्ने ?
योग्य कोही नदेखेरै रोगी ड्राइभर भाछन्
कति घोट्नु तिनको छाला, कुन दिन थला पर्छन् ।

फर्क युवा आफ्नै देशमा, राख्नु हुन्न बाँझो
नालायक ड्राइभर फेर्न, लागिहालौँ चाँडो
कालापानी सुस्ता गयो, गयो मानेभन्ज्याङ
यसैगरी चुपचाप बसे देशले खाला बल्ड्याङ ?

०००
काठमाडाैं
समयका स्वर (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो देशमा फेरि के हुँदै छ ?

यो देशमा फेरि के...

गाेपाल बराल
हामीले पत्यायौँ

हामीले पत्यायौँ

गाेपाल बराल
भष्मासुर

भष्मासुर

गाेपाल बराल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x