गाेपाल बरालभष्मासुर
भष्मासुर प्रवृत्ति दपेटिरहेछन् विचरा महादेव ! भष्मासुरको दबेट्याई छल्न पाताल भासिएका छन् भष्मासुरबाट जोगिन भष्मेश्वर भएका छन् ।

गाेपाल बराल :
हुहुरी मन दन्केको बेलामा
कोही कोही प्यादाहरू
पद र पैसाको प्रलोभन देखाएर
स्वाभिमानीहरूको निष्ठा खरिद गर्ने
चेष्टा गरिरहेका छन्
उनीहरू जान्दछन्
आँधीबेहरी चलेको बेलामा
नर्कटहरू सोत्तर भई लम्पसार पर्छन्
सतिसाल मात्र
ठिङ्ग उभिन सक्छन्
आफूलाई एक्लो वीर सम्झेर
अरूको सल्लाह सुझाव सुन्दै नसुन्ने
आफूभन्दा पाका पुस्ताको
हरक्षण अपमानित गर्ने
नियम कानुनपद्धति मिच्दै
परपीडामा आनन्दित हुने
भष्मासुर प्रवृत्तिको विकास
जताततै असरल्ल देख्न सकिन्छ
आफ्नो क्षणिक स्वार्थपूर्तिका लागि
जहाँ जस्तो पनि सम्झौता गर्ने
ठिक मान्छे ठिक ठाउँमा राख्नुको सट्टा
कुत्सित मनसायले प्रेरित भएर
आफ्नो आसेपासे
नातागोता भर्ने
पैसाको खेलोखर्कोमा
नाङ्गो भएर लाग्ने
कम्युनिस्ट पार्टीको
हुर्मत लिने गरी
असुहाउँदो गतिविधि गर्दै
आफ्नो पदका लागि
आफैंलाई तथास्तु भन्दै
आशीर्वाद दिने
संस्थाको भष्म गर्न
भष्मासुर प्रवृत्ति
दपेटिरहेछन्
विचरा महादेव !
भष्मासुरको
दबेट्याई छल्न
पाताल भासिएका छन्
भष्मासुरबाट जोगिन
भष्मेश्वर भएका छन् ।
०००
समयका स्वर (२०८१)
Subscribe
Login
0 Comments
Oldest






































