साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिणाम

रोइकराई गरिरहेको, तातो कोइलामाथि बसिरहेको घुसपैठिया टिमको खेलाडी हाँस्न थाल्यो। रुँदा रुँदै हाँसेको देखेर अचम्म मान्दै यमराजले सोधे...

Nepal Telecom ad

दिप मङ्ग्राती :

“किन ल्याइस यसलाई ?”… यमराजले कडकदार आवाजमा सोधे यमदूतलाई ।

“यो लावारिस भएर घुमिरहेको थियो हजुर, तेसैले पकडेर ल्याएको।”

“एइ…! आफ्नो बयान गर …?”

“हजुर.., तोड्फोड गर्नु भन्ने आदेश थियो र तोड्फोड गर्न गएका थियौँ, सबैले मौकामा चौका हान्दै थिए, जसले जे पायो तेहि बोकेर जाँदै थिए, म पनि भित्र पसरे सामान छान्दै थिएँ, तलबाट आगो लगाइदिएछन्। डढेर खरानी भैहाल्यो शरीर, त्यसैले यताउता भौतारिरहेको थिएँ।”

“यिनीहरु चाइँ…?” सँगै आएका अरुतिर इसारा गर्दै सोधे यमराजले।

“हामी उस्तै हौँ हजुर, । आन्दोलन भाँड्ने खेलमा खेल्ने घुसपैठिया टिम, मौकामा चौका हान्न खोज्दा,आगोको क्याचप मा परेका…!”

“ल ..! यिनीहरुलाई बलिरहेको आगोको कोइलामाथि राख…..!” यमराजको आदेश ।

“हजुर ..! दया बक्सियोस्, तल पनि जिउँदै डढेर आएको यहाँ पनि तातो कोइला माथि… ?”

उनीहरु त मजाले सुनको सिंहासनमा बसिरहेका छन् त । सिंहासनमा बसिरहेकाहरुतिर देखाउँदै भन्यो। त्यहाँ थुप्रै कलिला युवाहरु, सुनको सिंहासनमा बसिरहेका थिए,र परीहरुले उनीहरुको सेवा सुसार गरिरहेका थिए। उनीहरु कसैको निधारबाट रगत बगिरहेको थियो भने कसैको छातिबाट रगत बगिरहेको थियो।

“तिमीहरु जुन थालीमा खायो त्यही थालीमा फाेहर गर्ने गद्दार, भाइमाराहरु हौ, उनीहरु सबैको अधिकारको लागि लडेका महान शहीदहरु हुन्।” यमराजले कुरो खुलाए।

त्यसै बेला एउटा नाङै भुतुङ्गै परेको ब्यक्तिलाई ल्यायो अर्को यमदुतले…!

“ओइ…! तेरो कथा के हो भन..!” यमराजले सोधे नाङ्गे भुतुङ्गेलाई ।

“हजुर आदेश दिने यहि हो भन्दै आइलागी हाले, ज्यान जोगाउन खोलै खोला भाग्दै थिए, एउटाले ढुङ्गाले टाउको फोडिहाल्यो…! ”

यसैबेला माहौल कसैको हाँसोले गुन्जियो “आथा … पोल्यो… भन्दै रोइकराई गरिरहेको, तातो कोइलामाथि बसिरहेको घुसपैठिया टिमको खेलाडी हाँस्न थाल्यो। रुँदा रुँदै हाँसेको देखेर अचम्म मान्दै यमराजले सोधे… उक्त्त घुस्पैठियालाई।

“ओइ…! किन रुँदारुँदै हाँसेको…?”

“हामी एकदिनको गद्दारको यो हालत छ, यो आजीवन गद्दारी गर्नेको हालत कस्तो होला, त्यो सम्झेर हाँसेको हजुर..।”

०००
मिति: २०८२-०६-०२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x