साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देशमा फेरि के हुँदै छ ?

कोही रमिते बाटो बथानेर ठट्टाको राग अलापिरहेछ रोम जलेर खाग हुनै लागिसक्यो स्वाँठ निरोझै आज ऊ बाँसुरीको धुनमा लठ्ठ छ ।

Nepal Telecom ad

गाेपाल बराल :

यो देशमा आज
फेरि को मडारिंदै छ ?
कसको राय सल्लाहमा
को किन बटारिंदै छ ?

गर्ने पर्ने काम नगरेर
गर्ने नहुने काम गरेर
यो देश कसले किन
उल्टो पथमा हिँडाइरहेछ ?

स्वाँठ साँढेको होक्राहोक्राले
धरती आकाश थर्कमान छ
कतिखेर के अनिष्ट हुने हो
कसैलाई पत्तै नहुँदो रहेछ !

भोकाहरूको बथानमा झै
तँछाडमछाड मच्चिएको छ
रक्तपिपासु जुकाहरू झैँ
ढाडिएकाहरूको कोलाहलले
बस्ती उजाडिने खतरा भएको छ

कोही रमिते बाटो बथानेर
ठट्टाको राग अलापिरहेछ
रोम जलेर खाग हुनै लागिसक्यो
स्वाँठ निरोझै आज ऊ
बाँसुरीको धुनमा लठ्ठ छ ।

०००
काठमाडाैं
(सन् २०१९ मार्च १४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोगी ड्राइभर

रोगी ड्राइभर

गाेपाल बराल
हामीले पत्यायौँ

हामीले पत्यायौँ

गाेपाल बराल
भष्मासुर

भष्मासुर

गाेपाल बराल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x