साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ घले

हराएको पहिचान माग्दै खुट्टा बजार्न सडक छैन छिमेकीको उक्साहटमा लज्जास्पद माग बोकेर धम्क्याउन कुनै राज्य छैन ।

Nepal Telecom ad

कुसुम ज्ञवाली :

बोकेर रुमानी सम्राट सपना
छिचोल्दै दुःखका उकालीहरू
दौडिदै दौडिदै आएका छन्
काला वा गहुँगोरा लिगलिगहरूबाट
नयाँ घलेहरू उत्तर-अमेरिका

चमेनागृहको जुठेल्नोमा
वा तन्दुरको तातो भट्टीमा
फलामे गाडामा तान्दै
परिबन्द बाध्यताको भारी
खोजि रहेका छन्
एउटा चेपेको किनार
जहाँबाट सुरुसम्म गर्न सकियोस्
एउटा लम्बे ऐतिहासिक दौड

हराएको पहिचान माग्दै
खुट्टा बजार्न सडक छैन
छिमेकीको उक्साहटमा
लज्जास्पद माग बोकेर
धम्क्याउन कुनै राज्य छैन ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x