साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खच्चड

अघिदेखि चाख लिएर सुनिरहेकी माताले भनिन्- "पारी जान नसकेर पुलमा उल्टो लट्केको खच्चड जस्तो नेताको बुद्धि उल्टो लट्केको छ अनि कहाँबाट हुन्छ देश विकास ?"

Nepal Telecom ad

रमेन्द्र काेइराला :

देशप्रेमी छोराले भन्यो- “ए भाइ ! कति विदेशीको दास भइरहन्छौ ?”

विदेशप्रेमी छोराले भन्यो- “के गर्नु त ?”

“स्वदेश फर्क ।”

“रोजगारविहीन देशमा फर्केर भोकै मर्नु ?” विदेशप्रेमीले नाक खुम्च्याउदै भन्यो ।

“तिम्रो सीप यहाँ खन्यायौ भने रोजगारीको कमी हुँदैन नदी, वनजङ्गल, पर्यटन के को कमी छ यहाँ । आफ्नो देश भनेको आफ्नै हो।”

“यो तिम्रो खोक्रो देशप्रेम हो । यहाँ न सिस्टम छ, न नीति छ। वन जङ्गल, नदी, पर्यटन, जडीबुटीहरू प्रशस्त छन् । तिनीहरूको दोहन हुन्छ तर रस अन्तै चुहिन्छ । नेताहरूको हातमा देश छ । विदेश भ्रमण गर्छन् तर केही कुराको अनुकरण गर्दैनन् । सिस्टम मात्रै विकास गरे सबै आफै विकास हुन्थ्यो । एक महिनाको छुट्टी लिएर आएको कटाउनै मुश्किल परिसक्यो । जताततै अस्तव्यस्त । जताततै अव्यवस्थित छ ।” उसले लामो भाषण दियो ।

अघिदेखि चाख लिएर सुनिरहेकी माताले भनिन्- “पारी जान नसकेर पुलमा उल्टो लट्केको खच्चड जस्तो नेताको बुद्धि उल्टो लट्केको छ अनि कहाँबाट हुन्छ देश विकास ?”

०००
सुनसरी

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
ramendra Koirala
ramendra Koirala
1 year ago

हार्दिक धन्यवाद सर

Nepal Telecom ad
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
मनकाे मैलाे

मनकाे मैलाे

रमेन्द्र काेइराला
चुच्चे पाटी

चुच्चे पाटी

रमेन्द्र काेइराला
1
0
Would love your thoughts, please comment.x
()
x