सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रच्छ्यानमा बसेर

डुङ्डुङ्ति गन्हाउने रच्छ्यानमा कसरी बस्नु हुन्छ हजुर रच्छ्यानमा बसेर आफैले फोहर अरुलाइ छ्याप्नु हुन्छ ।

Nepal Telecom ad

सुदन लुइटेल :

हजुरहरु भ्रष्टहरुसँग दुइ हात कसरी थाप्नु हुन्छ
चन्दा पाएसि व्यापारीकै गुणगान सधै अलाप्नु हुन्छ

न्यायालयले डामेका छामेका सबै काला मान्छेहरु हजुरका
जस्ले नजराना बुझायो तेसैलाइ सधै च्याप्नु हुन्छ

बत्तिको पैसा नतिर्ने व्यापारी काखा कुलमान पाखा
सायद हजुरहरु डिजेल पेट्रोल हालेर हिटर ताप्नु हुन्छ

खोइ हजुर विशिष्ठ व्यक्ति हो कि रत्नपार्कको चटके
फटाहाहरुलाइ नसरापी सज्जन मान्छेहरुलाइ मात्रै सराप्नु हुन्छ

डुङ्डुङ्ति गन्हाउने रच्छ्यानमा कसरी बस्नु हुन्छ हजुर
रच्छ्यानमा बसेर आफैले फोहर अरुलाइ छ्याप्नु हुन्छ ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
थोत्रो राजा…

थोत्रो राजा…

भोजराज रेग्मी ‘मुखाले’
कसम

कसम

मरुभूमि नारायण
मुखमा कालो नकाव छ

मुखमा कालो नकाव छ

मरुभूमि नारायण
टुप्पोमा पुग्नेले

टुप्पोमा पुग्नेले

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x