साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रच्छ्यानमा बसेर

डुङ्डुङ्ति गन्हाउने रच्छ्यानमा कसरी बस्नु हुन्छ हजुर रच्छ्यानमा बसेर आफैले फोहर अरुलाइ छ्याप्नु हुन्छ ।

Nepal Telecom ad

सुदन लुइटेल :

हजुरहरु भ्रष्टहरुसँग दुइ हात कसरी थाप्नु हुन्छ
चन्दा पाएसि व्यापारीकै गुणगान सधै अलाप्नु हुन्छ

न्यायालयले डामेका छामेका सबै काला मान्छेहरु हजुरका
जस्ले नजराना बुझायो तेसैलाइ सधै च्याप्नु हुन्छ

बत्तिको पैसा नतिर्ने व्यापारी काखा कुलमान पाखा
सायद हजुरहरु डिजेल पेट्रोल हालेर हिटर ताप्नु हुन्छ

खोइ हजुर विशिष्ठ व्यक्ति हो कि रत्नपार्कको चटके
फटाहाहरुलाइ नसरापी सज्जन मान्छेहरुलाइ मात्रै सराप्नु हुन्छ

डुङ्डुङ्ति गन्हाउने रच्छ्यानमा कसरी बस्नु हुन्छ हजुर
रच्छ्यानमा बसेर आफैले फोहर अरुलाइ छ्याप्नु हुन्छ ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x