साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको अवसान

आफन्त मित्रले सोध्दा जवाफ दिनु के अब ? नातिनीले मुमा खोज्दा जवाफ दिनु के अब ? बाबालाई छँदै छैनन् आमा म कसरी भनूँ ? जल्लाई भन्दथें आमा लास हुन् कसरी भनूँ ?

Nepal Telecom ad

खगेन्द्र दाहाल :

वेधशाला बन्यो ज्यान ताने डाक्टरले खुन
तानेकाले बढी रक्त आमा थालिन् झनै रून
कमजोर भयो ज्यान शक्ति हराउँदै गयो
खाना खान नपाएर कमी पोषणको भयो ।

पेट दुख्ने दिसा लाग्ने क्रम बाक्लो हुँदै गयो
पाचनको प्रणालीमा समस्या बेसरी भयो
सुताइ भो सुताइले भयो घाउ शरीरमा ज्यान
फर्काउँदा दुख्थ्यो दलिन्थ्यो रक्त वस्त्रमा ।

बढ्यो सुगरको मात्रा बढ्यो हृदय धड्कन
फोक्साको छिद्रले पार्यो समस्या छिनका छिन
दिनहुँ थपिए रोग गलायो भित्र बेसरी
दन्कियो अग्निको ज्वालो जलायो देह दन्दनी ।

कालो बादलले ढाक्यो अँध्यारो धरती भयो
आशाको दीप बल्दैथ्यो निभ्ला कि त्रास बल्झियो
अक्सिजन भयो धेरै निस्केन सास बाहिर
हिक्क हिक्क भयो औधी केही लागेन आखिर ।

गरे डाक्टरले लाखौं यत्न आमा बचाउन
हारे डाक्टर नै उल्टै पुगे लाचार उभ्भिन
भने विज्ञानले हान्यो हाम्रो प्रयत्न फेल भो
मार्नु अकालमै मान्छे दैवको जालझेल हो ।

रातापिरा भए आँखा गलो सुक्यो रुँदारुँदै
आँटियो ढल्न आमाका हातगोडा हुँदाहुँदै
पाइला चाल्न गाह्रो भो भैयो लाचार दुर्बल
आँसुका भेलमा आफैँ बग्ने भैयो पिई जल ।

आफन्त मित्रले सोध्दा जवाफ दिनु के अब ?
नातिनीले मुमा खोज्दा जवाफ दिनु के अब ?
बाबालाई छँदै छैनन् आमा म कसरी भनूँ ?
जल्लाई भन्दथें आमा लास हुन् कसरी भनूँ ?

०००
भरखरै लाेकार्पित नरमाया (शाेककाव्य २०८१) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाको अवसान

आमाको अवसान

खगेन्द्र दाहाल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x