फित्काैली डटकमअभिनव साहित्य समाजकाे २४ औंं वार्षिकोत्सव सम्पन्न
विशिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र विशिष्ट साहित्यकार विजय चालिसेलाई अभिनन्दन गरियो । साथै वेदमणि अभिनव गजल पुरस्कारबाट यस पटक रामबहादुर पहाडीलाई सम्मान गरिएको छ ।

काठमाडाैं, २०८१ फागुन २४ । अभिनव साहित्य समाजले यसको २४ औंं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
यस अवसरमा विशिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र विशिष्ट साहित्यकार विजय चालिसेलाई अभिनन्दन गरियो । साथै वेदमणि अभिनव गजल पुरस्कारबाट यस पटक रामबहादुर पहाडीलाई सम्मान गरिएको छ ।
यसै अवसरमा गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित परिणति नामक उपन्यासको लोकार्पण गरिएको छ । साथै अभिनवको २७७ औ नियमित मासिक कविता वाचन कार्यक्रम पनि आजै सम्पन्न भयो ।
रोचक घिमिरेको संक्षिप्त परिचय तथा लेखकीय मन्तव्य र धन्यवाद ज्ञापनको कार्य समाजका अध्यक्ष वेदमणिले, विजय चालिसेको विषयमा र स्वागत मन्तव्य मेनका आचार्य र पहाडीको विषयमा परशुराम पराजुलीले मन्तव्य राख्नुभएको थियो ।
अन्य विशेष अतिथिमा पूर्व सचिव गोपी मैनालीले लोकार्पित पुस्तकको विषयमा प्रकाश पार्नुभएको र प्रह्लाद पोखरेल तथा युवराज मैनाली, बाजुराम पौडेल, निर्मलरमण पराजुली, खोलोघरे साहिँलो, सुरेन्द्र रिमाल, विश्वनाथ दाहाल, सीताराम सामकोटा, शर्मिला तिमल्सिना, दिव्यलक्ष्मी पोखरेल, सुरेशचन्द घिमिरे, कविराज घिमिरे, कृष्णप्रसाद पौडेलआदिले रचना वाचन गर्नुभएको थियो ।
उद्घोषण शारदा पराजुली, व्यवस्थापनमा धनश्याम प्रसाइ, बी.पी. इलामे र नवराज पुडासैनीले आ–आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो ।
उपस्थित हुनेहरुमा इष्टपोल माविका विद्यार्थी, पतञ्जली तथा अनलाईनमा जोडिनुहुने योगसाधक तथा साधिकाहरु, साहित्यकारहरु, शुभेच्छु, तथा अन्य महानुभावसमेत गरी १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
०००
– वेदमणि घिमिरेकाे साैजन्यमा







































धेरै धेरै धन्यवाद गुरु । सम्मानकाे फाेटाे भए राम्राे हुनेथियाे । तैपनि याे समाचारकाेलागि हजुरप्रति अाभार