साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेखा-पवन स्रष्टा सम्मानद्वारा स्रष्टा कालीप्रसाद रिजाल सम्मानित

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता र गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गरिएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ फागुन २४ । रेखा-पवन स्रष्टा सम्मान बरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई समर्पण गरियो ।

नेपाल स्रष्टा समाजको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रममा रिजाल सम्मानित भएका हुन् ।

नगद रू. १ लाख एक सय एघार राशी सहित, प्रमाणपत्र र खादा माला सहितको उक्त सम्मान वरिष्ठ साहित्यिक पत्रकार, साहित्यकारद्वय रोचक घिमिरे, नगेन्द्रराज शर्मा, समाजका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’, पुरस्कारका संस्थापक मध्येका रीता कंडेल बस्नेत लगायतले समर्पण गरे ।

नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता र गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गरिएको हो ।

रेखा-पवन स्रष्टा सम्मानको लागि बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको थियो ।

यसैगरी सम्मानित स्रष्टा रिजालले साहित्य भावनात्मक अभिव्यक्ति गर्ने माध्यम साहित्य भएको बताए । उनले आफ्ना अनुभवहरु सुनाउँदै भने(‘जागीरले बाँध्न खोज्ने अनि लेखनीले उन्मुक्त हुन खोज्दोरहेछ । धेरै पटक विगतमा सत्ताको धरपकडमा परेको छु।’ उनले देशप्रेमले ओतप्रोत कमसेकम शीर्षकको शक्तिशाली कविता पनि सुनाए ।

अर्का वक्ता रोचक घिमिरेले रिजाललाई पहिलो पटक भेटेको प्रसङ्ग सुनाउँदै उनको बारेमा आफ्नो विचार राखे ।
कार्यक्रममा नगेन्द्रराज शर्माले योग्य व्यक्तिलाई चयन गरेकोमा आफुलाई खुशी लागेको बताए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले- ‘मरेपछि कसैलाई सम्मान गर्नुभन्दा जिउँदो हुँदै योगदानको सम्मान गर्नुपर्छ’ भन्दै पुरस्कारका संस्थापकहरुप्रति धन्यवाद ज्ञापन गरे । उनले भने-‘पुरस्कार र सम्मानको लागि पात्रको उपर्युक्त चयन गर्नुपर्छ भन्ने मान्यता नेपाल स्रष्टा समाजले बोकेको छ । समाजमा जे काम गर्छौं लुकेर गर्दैनौं।’ भन्दै समाजको बारेमा जानकारी दिए ।

प्रज्ञाको गतिविधिप्रति उनले कडा टिप्पणी गर्दै ‘प्रज्ञाको घुम्ने मेचमाथि बस्नेहरुले के गर्छन् थाहा छैन। तर हामीले थुप्रै साहित्यिक कार्यक्रम गरेका छौं।’ भने।

यसैगरी पुरस्कार संस्थापकको तर्फबाट बधाई तथा शुभकामना मन्तव्य रीता कंडेल बस्नेतले गरेकी थिइन् । मन्तव्यकाे क्रममा पिता वरिष्ठ साहित्यकार पवन आलोक र आमा रेखा कंडेलको वैवाहिक वर्षगाँठको दिन उक्त पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरेको जानकारी दिइन् ।

कार्यक्रममा सम्मानित स्रष्टाको व्यक्तित्वको बारेमा समाजका उपाध्यक्ष डा. सदानन्द कंडेलले चर्चा गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजका महासचिव देविका तिमल्सिनाले सञ्चालन तथा कोषाध्यक्ष तारा सुवेदीको स्वागत मन्तव्य व्यक्त गरिन् ।

वरिष्ठ साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरु बिमला कँडेल थापा, रिता कँडेल बस्नेत, अनिता कँडेल, छोरा सुनिल कँडेल र बुहारी माला कटुवाल कँडेल समेतले यो सम्मानको लागि अक्षयकोष व्यवस्था गरिदिएका हुन् ।

०००
– प्रदीप सापकाेटाद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x