साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि महेशकुमार न्यौपानेको एकल कविता वाचन कार्यक्रम सम्पन्न

राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख अतिथ्य र वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैँयाकाे विशिष्ट आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको थियो।

Nepal Telecom ad

दाङ, २०८१ फागुन २४ । राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित एकल रचनावाचन कार्यक्रम अन्तर्गत ८०औँ श्रृङ्खलामा साहित्यकार महेश कुमार न्यौपानेको एक रचनावाचन कार्यक्रम परिषदको सभाहलमा सम्पन्न भएको छ।

राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम म रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख अतिथ्यमा तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैँयाकाे विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

साहित्यकार महेशकुमार न्यौपानेले विभिन्न शीर्षकमा गद्य र पद्य गरी १४ वटा कविताहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा पोखराबाट पाल्नुभएकी गोमा पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथि रहनुभएका वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा तथा विशिष्ट अतिथि वरिष्ठ साहित्यकारद्वय पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँयाले न्यौपानेको कवितामाथि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीणा रोकाले गर्नुभएको थियो।

संस्थाको तर्फबाट साहित्यकार महेशकुमार न्यौपानेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।

०००
– सुरेशकुमार पाण्डेकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x