साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको अवसान

आफन्त मित्रले सोध्दा जवाफ दिनु के अब ? नातिनीले मुमा खोज्दा जवाफ दिनु के अब ? बाबालाई छँदै छैनन् आमा म कसरी भनूँ ? जल्लाई भन्दथें आमा लास हुन् कसरी भनूँ ?

Nepal Telecom ad

खगेन्द्र दाहाल :

वेधशाला’ बन्यो ज्यान ताने डाक्टरले खुन
तानेकाले बढी रक्त आमा थालिन् झनै रून
कमजोर भयो ज्यान शक्ति हराउँदै गयो
खाना खान नपाएर कमी पोषणको भयो ।

पेट दुख्ने दिसा लाग्ने क्रम बाक्लो हुँदै गयो
पाचनको प्रणालीमा समस्या बेसरी भयो
सुताइ भो सुताइले भयो घाउ शरीरमा
ज्यान फर्काउँदा दुख्थ्यो दलिन्थ्यो रक्त वस्त्रमा ।

बढ्यो सुगरको मात्रा बढ्यो हृदय धड्कन
फोक्साको छिद्रले पार्यो समस्या छिनका छिन
दिनहुँ थपिए रोग गलायो भित्र बेसरी
दन्कियो अग्निको ज्वालो जलायो देह दन्दनी ।

कालो बादलले ढाक्यो अँध्यारो धरती भयो
आशाको दीप बल्दैथ्यो निभ्ला कि त्रास बल्झियो
अक्सिजन भयो धेरै निस्केन सास बाहिर
हिक्क हिक्क भयो औधी केही लागेन आखिर ।

गरे डाक्टरले लाखौं यत्न आमा बचाउन
हारे डाक्टर नै उल्टै पुगे लाचार उभ्भिन
भने विज्ञानले हान्यो हाम्रो प्रयत्न फेल भो
मार्नु अकालमै मान्छे दैवको जालझेल हो ।

रातापिरा भए आँखा गलो सुक्यो रुँदारुँदै
आँटियो ढल्न आमाका हातगोडा छुँदाछुँदै
पाइला चाल्न गाह्रो भो भैयो लाचार दुर्बल
आँसुका भेलमा आफैँ बग्ने भैयो पिई जल ।

आफन्त मित्रले सोध्दा जवाफ दिनु के अब ?
नातिनीले मुमा खोज्दा जवाफ दिनु के अब ?
बाबालाई छँदै छैनन् आमा म कसरी भनूँ ?
जल्लाई भन्दथें आमा लास हुन् कसरी भनूँ ?

०००
नरमाया शाेककाव्य (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाको अवसान

आमाको अवसान

खगेन्द्र दाहाल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x