सुलसुलेसिर्जनशील साहित्यिक समाज (सिसास) को २२८ औं सङ्गम
संस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षता र साहित्यकार उमेशचन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डेढ दर्जन साहित्यकारहरूले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए ।

भैरहवा, ०७९ पौष १६ । सिर्जनशील साहित्यिक समाज (सिसास) को २२८ औं नियमित मासिक साहित्यिक सङ्गम भैरहवास्थित शहीद स्मृति पुस्तकालयको सभाहलमा सुसम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षता र साहित्यकार उमेशचन्द्र रिजालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डेढ दर्जन साहित्यकारहरूले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए ।
हरेक महिनाको तेस्रो शनिबार नियमित रूपमा सम्पन्न हुँदै आएको उक्त कार्यक्रममा साहित्यकारहरू युवराज खनाल, शालिग्राम अधिकारी, कविता देवकोटा रिजाल, शशि पन्थी, तेजप्रसाद पन्थ, सुरज घिमिरे दिपशिखा, दीपक प्रधान, लता प्रधान, सरु ज्ञवाली, राधा खरेल, वासुदेव पोखरेल, रियल पाठक, वीरेन्द्र ज्ञवाली, विष्णुप्रसाद गजुरेल, कमल निश्छल लगायतले आआफ्ना रचना प्रस्तुत गरेका थिए ।
संस्थाका सचिव विष्णु गजुरेलको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तब्य रहेको थियो ।
०००
– कमल निश्छल
Subscribe
Login
0 Comments
Oldest