सुलसुलेसुरभिको १४४ औँ आख्यान वाचन सम्पन्न
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सञ्चालन भएको यस कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्य कवि मुकुन्द आचार्यको प्रमुख आतिथ्य ।

काठमाडौं, २०७९ पुस १६ । सुरभि साहित्य प्रतिष्ठानको १४४ औँ आख्यान वाचन शृङ्खला सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सञ्चालन भएको यस कार्यक्रममा वरिष्ठ हास्यव्यङ्ग्य कवि मुकुन्द आचार्यको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथि सुरभि साहित्य प्रतिष्ठानका संरक्षक गोविन्दप्रसाद घिमिरे वेदमणि हुनुहुन्थ्यो ।
प्रतिष्ठानका सचिव अच्युत घिमिरेको सञ्चालन रहेको यस कार्यक्रममा विश्व कुइँकेल, सुशील आचार्य, भोलानाथ सुवेदी, महेशकुमार वाग्ले, राजेशमान केसी, पवित्रा पौडेल, सुरेश सुवेदी, परशुराम पराशर, गोविन्दप्रसाद घिमिरे वेदमणि र प्रमुख अतिथि मुकुन्द आचार्यले कथा, लघुकथा, निबन्ध वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले कथालाई वाचनले प्रभाव पार्ने हुनाले वाचनमा ध्यान दिनुपर्ने कुरा बताउनु भयो । त्यसैगरी वहाँले कथाका तत्त्वहरूको सामान्य चर्चा गर्दै कथासिद्धान्तको बारे बताउनुभयो । प्रमुख अतिथि मुकुन्द आचार्यले कथा भनेको नै गाउँघरमा भएका कुराहरू भन्दै कथाकै रूपमा एउटा प्रत्यक्ष घटना सुनाउनु भयो ।
वाचित कथाहरूको समीक्षा प्रमोद प्याकुरेलले गर्नुभएको थियो भने कार्यक्रमको सुरुवात प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यबाट भएको थियो ।
०००
– परशुराम पराशर
Subscribe
Login
0 Comments
Oldest












































