सुलसुलेमनोहरा साहित्य समाजको ७२ औं शृङ्खला
मनोहरा साहित्य समाजको ७२औं शृङ्खला आज प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न भयो ।

काठमाडौं, ०७९ पुस १६ । मनोहरा साहित्य समाजको ७२औं शृङ्खला आज प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्य तथा समाजका अध्यक्ष डिल्लीराज अर्यालको सभापतित्वमा ग्लोबल पब्लिक स्कूलको सभाहलमा सम्पन्न भयो ।
सचिव भावकेशर बरालको सञ्चालनमा सम्पन्न सो कार्यक्रमको प्रारम्भ सभाध्यक्षले उपस्थित सबैको स्वागत गर्दै आफ्नो रचनावाचनद्वारा गरेपछि रचनावाचनको क्रम चलेको थियो ।
अत्यन्त गहकिला रचनाहरू वाचन भएको सो कार्यक्रममा केशव ढकालको स्वास्थ्यसित सम्बन्धित मन्तव्य, सम्पत् काफ्ले, भावना न्यौपाने, सिकारु राम, देवीप्रसाद मिस्र, सुमन पुडासैनी, बालकवि भावरञ्जन बराल, भुवन शिवाकोटी, खोलाघरे साहिंलो, शोनू गुरुङ, बिकु लामा, केशव ज्ञवाली, तोयानाथ सुवेदी, उत्तमकुमार पोखरेल, नूरदेव खनाल, देवीप्रसाद वराल, सरिता तिमल्सिना, जीत कार्की, रत्न विरही घिमिरे, भावकेशर बराल लगायतका स्रष्टाहरूबाट रचना वाचन भएको थियो ।
स्रष्टा शीतल गिरीको मन्तव्यपछि प्रमुख अतिथिको सम्बोधन र स्वादिलो रचनावाचनले वातावरण गर्माएको थियो भने अन्त्यमा समीक्षक खोलाघरेले वाचित रचनाहरूको संक्षिप्त टिप्पणी गरेपछि कार्यक्रम विसर्जन गरिएको थियो ।
चिरञ्जीवी रेग्मी, कपिल अर्याल, रञ्जु कँडरिया, पूजन भट्टराई लगायतका सभ्य श्रोता रहेको सो कार्यक्रममा एकदमै मीठा र स्तरीय छन्दका कविता, गद्य कविता, हाइकू, गजल र गीत समेत प्रस्तुत भएका थिए ।
०००
– डिल्लीराज अर्याल
Subscribe
Login
0 Comments
Oldest












































