साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहाड, उन्यू र म

यो घरै घरको सहरमा कि, म पहाड भएर उभिन सकिन यो गजुरै-गजुरको सहरमा । सत्य ! रिकुटे नसम्झिदिनुहोला म, पहाड फर्किदा एउटा कविको भरिया भएर फर्कदैछु ।

Nepal Telecom ad

धनकुटे कान्छा :

जिन्दगी उन्यूको बोटजस्तो
दिउलहरू बोकेर हरियो खोपडीभरि
उम्रिरहेछन् फूलहरूको बगैँचाभन्दा पर
सोत्तर सोहर्नेहरूको डढेल्नाभरि
र, म उन्यू फुल्छ भनेर
फूलबारीभरि उन्यूका दिउलहरू छरिरहेछु ।

जिन्दगी बगैँचामा फुलेको फूल छुनुहुन्न रहेछ
जो आफ्ना लागि थोरै र अरूका लागि ज्यादा फुल्छ
जो आफ्नै सौन्दर्यले आफैँ बाँच्न भुल्छ
र, मन्दिरमा चढाउनेहरूसँगै बलि चढ्छ
म, उन्यूलाई औधी माया गर्न थालेको छु
ऊ फुल्नुभन्दा नफुलेकै राम्रो लाग्न थालेको छ ।

म पहाडको बास्ना आँखामा सुँघेर सोच्छु
हिमाललाई दैलोमा उभ्याएर सुन्छु
झरनालाई मनमा झङ्झङाएर हेर्छु
यी बतासहरूले चराहरूको गीत बोकेको पहाड
आज मेरो उन्यूघारीको बाटो भएर
लेकसम्म ऐंसेलु टिप्दै-दिप्दै गयो
र, गोठ सार्दै गरेका गोठालाहरूसँगै
सुसेल्दै-सुसेल्दै आयो
कि, म आज सहरमा बसेर पहाड नियालिरहेछु ।

टाढा भएर सम्झँदा-सम्झँना नै पहाड हुँदोरहेछ
बसाइँ सरेको मन बोकेर मुग्लान लाग्नेहरूको सपनाजस्तो
म बिरानो सहरबाट पहाडलाई चिठ्ठी पठाउँदै छु
म मुटु राखेर अक्षरहरूमा पहाडलाई माया पठाउँदै छु ।

कसरी पोत्न सकेको होला यो चित्रकारका आँखाहरूले
उन्यूका दिउलहरूमा मान्छेका मुटुहरू
र, कसरी रङ्ग्याउन सकेको होला
यो चित्रकारका पाइतालाहरूले
पहाडका टाउकामा मान्छेका तस्वीरहरू ।

म मेरो भित्ताको चित्र हेरेर भित्तो भएको छु
कि, म उन्यू भएर उम्रिन सकिँन
यो घरै घरको सहरमा
कि, म पहाड भएर उभिन सकिन
यो गजुरै-गजुरको सहरमा ।
सत्य ! रिकुटे नसम्झिदिनुहोला
म, पहाड फर्किदा एउटा कविको भरिया भएर फर्कदैछु ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवि आफैँ, पत्थर भएको छ

कवि आफैँ, पत्थर भएको...

धनकुटे कान्छा
भूइँमान्छेका कुरा

भूइँमान्छेका कुरा

धनकुटे कान्छा
तीन दनक

तीन दनक

धनकुटे कान्छा
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
नेपालभित्र

नेपालभित्र

हरिप्रसाद घिमिरे
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x