साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेब्बर अद्भुत !

यसरी निर्धक हजुरसित आजसम्म कसैले बहस गर्‍यो ? ओलीजी, झगडा, वाद विवाद, गालीगलौज, चुनाव, घृणा र युद्ध यी कुराहरूमा कसैको पनि जीत, विजय हुन्न । तपाईंहरू सबै निकम्मा हो त भन्दिन, तर सफल भएको चाहिँ होइन ।

Nepal Telecom ad

धनराज गिरी :

आखिर बालकोट जाने साइत जुर्‍यो । कमल पाठक, स्वरूप फुयाल, भानु, सूर्य, हरि आचार्य, उज्याला पर्वते नयाँ साहित्यकार मीठुकान्त, भोलेनाथ अधिकारी, दाजी नेपाली केशव, अध्यक्ष भरतपुरे सिड्नी रिटर्न, विधान आचार्य, नारायण वन, यादव पाठकसहित प्रोफेसर जगमोहन आजादको टोली पुग्यो बार्दलीमा । बिष्णु रिमाल र सूर्य थापाले भव्य स्वागत गरे !

“नमस्कार जसले गरे पनि हुन्छ । को ठूलो को सानो, नमस्कार यहाँहरूलाई । ओहो, अच्यूतपिताजी पनि, आज त धेरै उज्याला अनुहारहरू देख्न पाइयो । भानुजी, नमन ! मलाई पहिल्यै थाहा थियो हजुर आउनुहुन्छ । बरू यो टोलीमा बर्मेली गुरु लेखनाथ घिमिरेलाई देखिन ।”

“म आएको छु कमरेड !” घिमिरेको प्रवेश, बाथरुम छिरेका थिए । “ओहो, आज त मेरो उखानको काम छैन, कसो प्रोफेसर जगमोहन आजाद सर ? यति ढिलो गर्ने ? आजाद सर, म हजुरबाट राजनीति सिक्न चाहन्छु ।”

सबैको अनुहार हेर्न लायक । तर आजादको अनुहार उज्यालो, नितीश भारद्वाज, देवकीनन्दन महाभारत जस्तै । बोल्यो आजाद, “सत्र बर्षअघि बल्खुमा अलिकति राजनीति सिकाएर गएको थिएँ, द्रौपदीलाई वेदव्यासको अर्ती, मेरो डुप्लीकेटलाई अघोरी बाको उपदेशजस्तै भए छ । हे राधिकाकान्त दामादश्री, हे झापाली कोहेनूर, हे स्वामी गफानन्द उखानपुरे, हे गङ्गावादी प्राज्ञ, हे मेरा आफन्त, यहाँ आजसम्म राजनीति नै भएको छैन, न विदुर, न शकुनि, न चाणक्य, न शुक्र, न बृहस्पति कसैको नीतिले पनि काम गरेन । हे धेरै मेसो न पाएकाहरूको आशाको केन्द्र, म किन बोल्छु ? म किन लेख्छु ? म किन मान्छे भएको ? म किन यहाँ छु ?मेरा वरिपरि कस्ता पात्रहरू छन् ? यो होश छ प्रभुमा ? अब यो उदाहरणबाट राजनीति सिक्नुहोस् !”

“चवालिस सालअघि, झुवानीमा, एक पर्वते हीरो आयो, पर्वततिर जन्मिने अक्सर हीरो, झापाली मात्र होइन, चितवने, मकवानपुरे मात्र होइन, नाम लीलाराज तिवारी, भूगोल पढाउने, बोहोरा होइन, भूगोल । ऊ कल्याणजी भयो स्कूलमा, सरस्वतीकान्त, मेरो मितवा प्रोफेसर इमाननारायण गजलोपाध्याय, गणित गुरु, आनन्दजी, गहिरो दोस्ती, अर्को, पूणर् र वस्ती ।”

तर, तिवारीको गणित यहाँहरूको नैतिकता र इमानदारी जस्तै, क्लियर, भूगोलमा धेरै चेलाचेली फेल, फलामे गेटमा, हजुरलाई यो अनुभव छैन कि, अनि चमत्कार, गणित गुरु दोस्तले गणितको जिम्मेवारी लियो, नतिजा झकास ! दोस्ती, अमरधरावासी, जागिर नामको सत्ता जोगियो । हे प्रभु, विद्याकसम, तपाईंहरूले राजनीति न जानेकै हो । अनि बज्दैन घण्टी ?? एमालेले काङ्ग्रेसको खेदो खन्ने, काङ्ग्रेसले एमालेको खेदो खन्ने, खराब कुराहरूको मात्र मिडियामा प्रचारप्रसार हुने, एउटा निबन्ध पनि लेखेको हो कि होइन, जोर जोर पटक कुलपति, अनन्त कमजोरीहरूको बाबजुद पनि अझै यो सिक्का बजारमा चलेको छ, यो अद्भुत हो । कस्तो बजार रहेछ यो सूर्यलोकमा !

ओलीजी, हजुर पक्का पनि अद्भूत क्षमता भएको मान्छे हो, पक्कै हो, हजुर जत्तिको पात्र अरू छैन, छैन, छैन, तर,हे गफेश्वर महादेव, हे हावादारीको चार्ज खाएका अगुवा, आज यो टोलीमा यस्तो पात्र पनि आएको छ, जो हजुरभन्दा तेब्बर अद्भूत छ । हो ऊ यहीँ छ । “अध्यक्षज्यू, यो मान्छे मेरो पारिवारिक कवि हो, उहाँसित सकिन्न । एकलव्य हो । पर्वते दाजी ।”

“हा हा हा हा हा हा !!!” सम्पूणर् बालकोट सुन्ने हाँसो, दर्शनपिता, अजेयनाथ, भोलेनाथ । “हो हजुर,यो मान्छे त यो मान्छे नै हो !” विधानजी, मसिनो स्वरमा । “आजाद साहेब, मानियो, मीत लगाउने हो, खीर खान आउने हो, त्यो तेब्बर अद्भुत को हो त ? खोई प्रकट हुनपर्‍यो, चिनाउनुहोस् ! को हो?”

“अरे प्रभु, खोई कमनसेन्स, त्यो पात्र अरू को हुनसक्छ, रातो रसियन क्याप, सौराहा, अधिवेशन, बिर्सनुभयो ? त्यो पात्र यही आजाद हो । अरू को हुनसक्छ । अर्को विदुर, हजुर गान्धारीकान्त ! एमाले हस्तिनापुर !” सबैले मुखामुखा गरे, अनुहार उज्यालो ।

“बूढा आज चितवने शेरको फेला परे !” स्वरूपको मन बोल्यो । “अब साध्य प्रमाणित किया जाये गुरुजी, आज मज्जा आयो । लौ कसरी म भन्दा तेब्बर अद्भूत ? कसरी ?”

“गणितीय विधानासुर, हजुर चौध बर्ष जेल बसेको हो नि ?” “पक्कै हो !” “चौध तिया बयालीस हो नि ?” “पक्कै हो ! “हजुर १४ साल जेल, त्यो पनि नकारात्मक मान्छेहरूको साथमा, म ४२ साल गुरु, त्यो पनि सकारात्मक सज्जनहरूको साथमा, अनि तेब्बर अद्भूत हो कि होइन ? यसरी निर्धक हजुरसित आजसम्म कसैले बहस गर्‍यो ? ओलीजी, झगडा, वाद विवाद, गालीगलौज, चुनाव, घृणा र युद्ध यी कुराहरूमा कसैको पनि जीत, विजय हुन्न । तपाईंहरू सबै निकम्मा हो त भन्दिन, तर सफल भएको चाहिँ होइन । सबैको साझा हो देश । प्रेम सिक्नुहोस् । प्रेमको दीक्षा दिनुहोस् । मिसन लाटलूट होइन, प्रेम प्रेमनगर, मिसन प्रेमपुर ! प्रेम खोले सब द्वार ! बस् यत्ति भन्न आइयो । हजुरको जय होस् !”

“आजाद जी, कहाँ लुकेर बसेको यतिन्जेल, मेरो गुरु । कोटि कोटि नमन !” ओलीजी रुनुभयो । सबै भावुक भए । लेखनाथ घिमिरे त अझ बढी भावुक । आजादले हिन्दी गीत गाएर माहौल अलि रोमाञ्चक बनायो ।

०००
सौराहा, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
गालीको बाली

गालीको बाली

हरि खनाल
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x