साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूल्य

’एउटा कट्टु किन्दा पन्ध्र रुप्पे जोगाएका हाकिमले कति सरकारी तेलमा आगो झोसे, थाहा छैन् ?’ मनमा यही सोच्दै तिलकले बोलीमा लोली मिलाउँदै भन्यो, “हो हजुर त्यहाँ भन्दा त भगवानपुरमै सस्तो पाउँछ ।”

Nepal Telecom ad

मित्र ‘उराठी’ गौतम :

“जाने हो तिलकजी ?”, पाँच बजेपछि कार्यालयबाट निस्कन लागेका हाकिमसाबले सोधे ।
“आखिर डेरामा गएर पनि के गर्नु छ र ? उही मोबाइलको घोप्टे ड्यूटी त हो । हाकिमको गाडीमा एसीको शीतल हावा खाँदै घुम्न मज्जै होला !” मनमनै सोच्यो र भन्यो, “हुन्छ⸴ जान्छु हजुर ।”

उनीहरूको कार्यालय भएको ठाउँमा खासै ठूलो बजार थिएन । दैनिक उपभोग्य सामान पाउने केही किराना र फेन्सी पसल थिए । चिया, नास्ता खानेसम्मका केही ससाना होटल, रेष्टुरेन्ट थिए । अलि ठूलो किनमेल गर्नु परे सोह्र किलोमिटर टाढाको भगवानपुर बजार जाने गर्थे स्थानीयहरू पनि । उनीहरूको गाडी पनि भगवानपुरतिरै हिँडेको थियो ।

“एउटा सामान किन्नु थियो त्यसैले भगवानपुर जाउँ भनेको नि । यहाँ भन्दा त भगवानपुरमा सस्तो पाउँछ, हैन तिलकजी ?”, हाकिमले उसको राय बुझ्न खोजे ।

“हो हजुर सामान हेरी यहाँ भन्दा दश बीस रुप्पे मिलाएरै दिन्छन् ।”, तिलकले जवाफ दियो । केही क्षणमा भगवानपुर पुगे उनीहरू ।

गाडीबाट झरेपछि बजार घुमघाम गरे । घुम्दै गर्दा एउटा फेन्सी पसलमा छिरे हाकिमसाब । तिलक पनि सँगै छिर्‍यो ।
हाकिमले एउटा अन्डरवेयर खरिद गरे । तिलकको त केही किन्न थिएन । हाकिमलाई साथ दिन मात्र आएको थियो ।
किनमेलपछि उनीहरू फर्कनको लागि गाडीमा बसे ।

“ल हेर्नुस् तिलकजी, यही अन्डरवेयर त्यहाँ हिँजो मैले सोधेको थिएँ । त्यहाँ भन्दा यहाँ पन्ध्र रुप्पे सस्तो दियो । कुरा बुझ्नु भो त, यहीँको त्यहीँ कति ठग्छन् ?”, पन्ध्र रुपैयाँ सस्तो पाएकोमा हाकिमले दङ्ग पर्दै भने ।

’एउटा कट्टु किन्दा पन्ध्र रुप्पे जोगाएका हाकिमले कति सरकारी तेलमा आगो झोसे, थाहा छैन् ?’ मनमा यही सोच्दै तिलकले बोलीमा लोली मिलाउँदै भन्यो, “हो हजुर त्यहाँ भन्दा त भगवानपुरमै सस्तो पाउँछ ।”

०००
अमरपुर- गुल्मी
हालः तिलोत्तमा -२, रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठूलो मान्छे

ठूलो मान्छे

मित्र ‘उराठी’ गौतम
0
Would love your thoughts, please comment.x
()
x