सुलसुलेस्रष्टा उपेन्द्र पागलको स्मृतिमा मिक्लाजुङको कार्यक्रम
मिक्लाजुङ साहित्य समाजको आयोजनामा शनिबार मोरङको मिक्लाजुङमा कवि उपेन्द्र पागललाई परिचर्चा कार्यक्रममार्फत सम्झना गरेको छ ।

माेरङ, ०८० जेठ २० । मिक्लाजुङ साहित्य समाजको आयोजनामा शनिबार मोरङको मिक्लाजुङमा कवि उपेन्द्र पागललाई परिचर्चा कार्यक्रममार्फत सम्झना गरेको छ ।
कार्यक्रममा स्रष्टा बद्रिप्रसाद भिखारीले उपेन्द्र पागलसम्बन्धी आफ्ना स्मृतिहरू स्मरण गर्नु भएको थियो ।
प्राज्ञ मुनाराज शेर्मा, इरान राई, वैजयन्ती मिश्र र डमरु बल्लभ भण्डारीले उपेन्द्र पागलको कृतित्व, व्यक्तित्व र योगदानका विषयमा परिचर्चा गर्नु भयो ।
यसैगरी कविहरू धनकुटे कान्छा, जेबी थुलुङ र साइप्रिया बरालले उपेन्द्र पागलका कविताहरू प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा झापा, मोरङ, सुनसरी र इलामका स्रष्टाहरूको उल्लेख्य उपस्थिति थियो ।
मिक्लाजुङ साहित्य समाजले दिवङ्गत स्रष्टा विशेष कार्यक्रम आयोजना गरेर कला साहित्यका क्षेत्रमा महत्त्वपूणर् योगदान पुर्याउनुभएका स्रष्टाको स्मरण र सम्मानमा कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest











































