निन्दा रस

बिहान ऊसँग बस्दा म स्वयम् निन्दाको कालो समुद्रमा डुब्दै उत्रँदै मज्जा लिइरहेको थिएँ । खुब मज्जाको रस छ निन्दामा । सूरदासले यस कारण भनेका छन्- रसहरूमध्येमा श्रेष्ठ निन्दा रस’ नै हो ।

अनुवाद : आर.सी. रिजाल

‘क’ कैयौँ महिनापछि आएथ्यो बिहान उठेर चिया पिएर पत्रिका पढ्दै थिएँ । ऊ तुफानजस्तै कोठामा पस्यो र समुद्री आँधीजस्तै बलले मलाई अँगालो हाल्यो । मलाई धृतराष्ट्रको अँगालोभित्र परेको भीमको पुत्लाको सम्झना भयो । त्यो धृतराष्ट्रकै अँगालो थियो । धृतराष्ट्रले यताउता हात फैलाउँदै सोधे- “कहाँ छ भीम ? आ छोरा म तँलाई छातीमा लगाउँछु ।” जब भीमको प्रतिमूर्ति उसको अँगालोमा आयो तब उसको प्राणघाती स्नेहले कसेर त्यसलाई चकनाचुर बनाए ।

यस्तो मौकामा प्रायः म आफ्नो प्रतिमूर्तिलाई अङ्कमाल गर्न दिन्छु र आफू अलग्गै उभिएर हेरिरहन्छु ‘क’सँग के मैले अँगालो हालेँ ? के उसले मलाई समातेर अँगालो मायो ? कदापि मारेन मैले आफ्नो पुत्लामात्र उसलाई दिएँ । पुत्ला यसकारण उसको हातमा सुम्पिएँ । मलाई थाहा थियो म धृतराष्ट्रसँग भेट्दै छु । अघिल्लो रात मलाई एक मित्रले भनेका थिए- ‘क’ आफ्नो ससुरालीमा आएको छ र ‘ग’ को साथ बसेर साँझसम्म दुईतीन घन्टा तिम्रो निन्दा गरिरह्यो ।” यो सूचनापछि आज सबेरै ऊ मलाई अँगालो मार्न लाग्यो अनि मैले शरीरबाट आफ्नो मनलाई चुपचाप निकालेर स्नेहरहित कङ्काल उसको अँगालोमा सुम्पिदिएँ यदि भावनाको काँडा हुन्थ्यो त उसले थाहा पाउँथ्यो नागको फँणा छातीमा टाँसिएको छ । छली धृतराष्ट्रले यदि अँगालो हाल्न खोज्छ भने प्रतिमूर्ति नै जिम्मा लगाउनुपर्छ ।

मेरो साथी अभिनय गर्न खप्पिस छ हाम्रो मिलनमा उसको आँखाबाट आँसुमात्र आएन, मिलनमा हर्षोल्लासका सबै सङ्कत छचल्किएको देखिन्थ्यो, गहिरो आत्मीयता र असीम स्नेहले भरिएका वाणीहरू उसले भन्यो- “अहिले बिहानको गाडीबाट ओर्लिएर सरासर तिमीसँग भेट्न आएँ । जसरी आत्माको एक भाग अर्को भागसँग मिल्न आतुर रहन्छ ।” आउनासाथ झूट बोल्यो फटाहाले हिजो आएको कुरा मेरो मित्रले भनिसकेको थियो । सायद उसको यो झूटमा कुनै प्रयोजन नहोला केही मान्छे निर्दोष फटाहा हुन्छन् । उनीहरू बानीले भनौं वा अरूको वशमा परेर पनि झूटो बोल्छन् उनीहरूका मुखबाट निष्प्रयास निष्प्रयोजन झूट मात्रै निस्कन्छ मेरो एक नातेदार यस्तै छन् । उनी मुम्बई जाँदै छन् । यदि सोधिहाल्यो भने- कलकत्ता भन्छन् । सही कुरा उनको मुखबाट निस्कनै सक्तैन । ‘क’ पनि ठूलो निर्दोष, सहज-स्वाभाविक मिथ्यावादी हो ।

ऊ बस्यो- “कहिले आयौ ? कस्तो छौ ?” आदि कुरापछि उसले ‘ग’ को निन्दा आरम्भ गर्‍यो मान्छेको लागि जुन कर्म जघन्य छ, त्यो सबै आरोप ‘ग’ लाई लगायो । उसले ‘ग’ को यस्तो गाढा कालो तस्वीर खिच्यो, यो सोचेर मेरो जीउ नै सिरिङ्ग भयो । उसले हिजो ‘ग’ सँग मेरो निन्दामा केसम्म भनेन होला !

बिहानको कुराकानीको प्रमुख प्रसङ्ग ‘ग’ नै थियो । फेरि जुन परिचितको कुरा उठ्यो अनि त्यसलाई पाँच/छ वाक्यले खत्रक्कै पार्दै ऊ कुरा अगाडि बढाउँथ्यो । अचम्म छ, यो मेरो मित्र ऊसँग आरोपको विषयसूची नै छ मैले सोचें जब यो प्रत्येक परिचितको निन्दा गर्दैछ भने मैले आफ्नो शत्रुको दुर्दशा उसबाट किन नगराउने त ? मैले आफ्ना चिरपरिचितको नाम लिंदै गएँ, उसले निन्दाको तरबारले छप्काउँदै गयो । जसरी आरोबाट ज्ञ चिर्दा तल बस्नेले टेको सार्दै र चिर्दै जान्छ त्यसरी नै मैले मेरा विरोधीहरूको नाम लिँदै गएँ । उसले उनीहरूको दोहोलो काट्दै गयो ।… “चाप्लुस छ, एक नम्बरको अनैतिक छ, … आफ्नी श्रीमतीलाई अफिसरकहाँ पठाएर प्रोमोसन हुन्छ ।” कस्तो आनन्द । दुस्मन रणक्षेत्रमा एकएक गरेर ढलेको देखेर योद्धालाई यस्तै आनन्द हुन्छ होला ।

मेरो मनमा हिजो रातीको त्यो निन्दक मित्रप्रति कुनै घृणा रहेन, दुवै एक भयौं, भेद त रातीको अन्धकारमा नै हराउँछ । दिउँसोको उज्यालोमा भेद स्पष्ट देखिन्छ निन्दाको यस्तै भेदनाशक अँध्यारो हुन्छ । तीनचार घन्टापछि जब ऊ बिदा भयो मेरो मनमा यस्तो शान्ति र सन्तुष्टि थियो जस्तो चर्चबाट निस्कँदै गरेको धार्मिक इसाईको मनमा हुन्छ ।

निन्दाको यस्तै महिमा छ- दुईचारजना कुरौटेलाई एक ठाउँमा बसेर निन्दामा नै लिप्त भएको हेर्नोस् र तुलना गर्नोस् दुईचारजना ईश्वरभक्तसँग जो रामभजनमा लागिरेहका छन् । निन्दकको जस्तो एकाग्रता, परस्पर आत्मीयता र निमग्नता भक्तमा दुर्लभ हुन्छ त्यसैले सन्तले निन्दकलाई आफ्नो वरिपरि राख्ने सल्लाह दिएका छन् ।

केही व्यावसायिक निन्दकहरू मैले देखेको छु उनीहरूको कसैसँग पनि शत्रुता हुँदैन, कसैप्रति नराम्रो सोच्दैनन् । तर चौबीसै घन्टा निन्दा कर्ममा पवित्र भावले लागिरहेका हुन्छन् । उनीहरूको निर्लिप्तता, निष्पक्षता यसबाट पनि थाहा हुन्छ कि प्रसङ्ग आयो भने आनन्दसँग आफ्नै बाबुको इज्जतलाई पनि त्यसैगरी हावामा उडाइदिन्छन्, शत्रुलाई जस्तै । यिनीहरूका लागि शक्तिवर्धक हुन्छ ।

हाम्रो छिमेककी एक बूढी बिरामी थिइन् । हामीसँग पानी मागेर पिउँथिन् । उठ्न पनि सक्तिन थिइन् त्यस्तालाई कसैले आएर भन्दिए- “छिमेकी डाक्टर साहेबको छोरी कसैसँग पोइल गई ।” अब के चाहियो र बिरामी काकी जुरुक्क उठेर ऐयाऐया गर्दै दुईचार छिमेकीलाई यो सुसमाचारमा आफ्नो तर्फबाट फूलबुट्टा समेत भरेर सुनाएर आइन् । त्यो दिनदेखि उनको स्थिति सुध्रिन लाग्यो ।

ट्रेड युनियनको यो जमानामा कुरौटे सङ्घ बनेको छ । सङ्घको सदस्य जहाँकहीँबाट खबर ल्याउँछन् र आफ्नो सङ्घको प्रमुखलाई सुम्पिन्छन् यो कच्चापदार्थ भयो । अब प्रमुख त्यसलाई खाँटी माल बनाएर बहुजन हितको लागि सित्तै बाँड्न दिन्छन् । उत्पादनको त्यो प्रक्रियालाई यसरी सम्झाउन सकिन्छ । एउटा सदस्यले भन्यो- “विमला र नरेन्द्रले चुपचाप विवाह गरे ।” यो कच्चा माल भयो अब खाँटी माल जुन बन्छ त्यो यस्तो हुन्छ – “विमलाको पाँच छ महिनाको गर्भ थियो, त्यसैले आत्तिएर चाँडै विवाह गरे ।” यो फुर्सदको काम हो जसलाई अरू केही काम गर्नु छैन उनीहरू यस्तो निन्दा अझ राम्रोसँग गर्छन् । एकदिन मलाई एउटा यस्तै सङ्घको अध्यक्षले भन्यो- “मित्र आजकाल मान्छेहरू तपाईंको बारेमा चाहिँदोनचाहिँदो कुरा गर्छन् ।” मैले भनें “तपाईंको बारेमा मसँग कोही पनि नराम्रो कुरा गर्दैनन् । मान्छेलाई थाहा छ तपाईंको कानभित्र यस्ता वाहियात कुराहरू सजिलैसित घुसाउन सकिन्छ ।”

ईष्र्या र द्वेषबाट प्रेरित निन्दा पनि हुन्छ तर त्यसमा त्यो मज्जा हुँदैन जुन बनावटी भावबाट निन्दा गर्दा आउँछ यस्तो प्रकारका निन्दकहरू एकदमै दुःखी हुन्छन् ईष्र्या र द्वेषमा मान्छे पौने घन्टा जोतिरहन्छ र निन्दाको पानी छर्केर केही शान्ति अनुभव गर्छ । यस्तो निन्दक एकदमै दयनीय हुन्छ आफ्नो अक्षमताबाट पीडित ऊ बिचरा अरूको प्रगति देखेर सारा रात कुकुरजस्तै भुकिरहन्छ । ईष्र्या र द्वेषबाट प्रेरित भई निन्दा गर्नेलाई कुनै दण्ड दिन आवश्यक पर्दैन त्यो निन्दक बरा स्वयम् दण्डित हुन्छ तपाईं आनन्दसँग सुत्नुस् । ऊ ईष्र्या र जलनको कारण सुत्न सक्तैन त्यसलाई अरू के दण्ड दिनु ? तपाईंले निरन्तर राम्रो काम गर्दै जाँदा उसको सजाय अझ थपिँदै जान्छ जस्तो एक कविले एउटा राम्रो कविता लेख्यो भने ईष्र्या गर्ने निन्दकलाई कष्ट हुन्छ फेरि अर्को झन् राम्रो कविता लेखिदियो भने उसको कष्ट दुईगुना बढ्छ ।

निन्दाको उद्गम नै हीनता र कमजोरीबाट हुन्छ । मान्छे आफ्नो हीनताबाट दब्छ । ऊ अरूको निन्दा गरेर यस्तो अनुभव गर्छ कि अरू सब निकृष्ट र ऊ अरूभन्दा उत्कृष्ट छ उसको अहम्लाई यसैले सन्तुष्टि दिन्छ । लामो धर्कोबाट केही भाग मेट्दा लामो धर्को छोटो भएझैं जबजब कर्म क्षीण हुँदै जान्छ तबतब निन्दाको प्रवृति बढ्दै जान्छ कठिन कर्मले नै ईष्र्याबाट उत्पन्न निन्दा नाश । इन्द्रलाई बढी ईष्र्यालु मानिन्छ किनकि उनी कामै गर्दैनन् । स्वर्गमा देवतालाई नउब्जाई बन्न नबनाईकन महल र नरोपीकन फलफूलउपलब्ध हुन्छ । काम प्रतिष्ठा गुम्ने डर रहिरहन्छ त्यसैले कर्म गर्नेप्रति उनीहरूको हुन्छ ।

केही मान्छेको निन्दा नै सम्पत्ति हुन्छ । यो सम्पत्तिबाट चारैतिर आफ्नो व्यापार फैलाउँछन् केही मान्छेको प्रतिष्ठा अरूको कलङ्क कथा भन्नुमा आधारित हुन्छ बडो आनन्दित भएर जोसुकैको पनि हुँदोनहुँदो कथा सुनाउँछन् । आफूलाई पूणर् सन्त सम्झने र सम्झाउने गरी सन्तुष्टिको अनुभव गर्छन् ।

तपाईं यिनीहरूसँग बस्नोस् र सुन्नुस्- “बडो खराब समय आयो तिमीले सुन्यौ ? फलाना र फलानी …।” आफ्नो चरित्रमाथि सोच्न वा हेर्नलाई यिनीहरूसँग फुर्सद नै हुँदैन चेखवको एउटा कथा सम्झना भैरहेछ- एउटी आइमाई कुनै साथीको पतिको निन्दा आफ्नो पतिसँग गर्दै थिई । ऊ एकदमै धूर्त र बेइमानी गरेर पैसा कमाउँछ म त्यो साथीको ठाउँमा भए त्यस्तो पतिलाई त्यागी दिन्यें जब उसको लोग्नेले आफ्नो रहस्य खोलिदिन्छ मैले पनि बेइमानी नै गरेर यत्रो पैसा कमाएको हुँ । यो सुनेर उसकी पत्नी स्तब्ध हुन्छे के उसले पतिलाई त्यागी ? हजुर उनी अर्को कोठामा पसिन् ।

कहिलेकाहीँ यस्तो पनि हुन्छ, हामीसँग जे गर्ने क्षमता हुँदैन, यदि त्यो कसैले गरेमा हाम्रो रुन्चे स्वाभिमानमा चोट पुग्छ । हामीलाई हीनता र ग्लानिबोध हुन्छ अनि हामी अरूको निन्दा गर्दै अरूभन्दा असल सम्झेर सन्तुष्ट हुन्छौं त्यो मित्रसँग भेटघाट भएको करिब सवा घन्टापछि यस्तो कुरा मनमा आइरहे केही तटस्थ भएको छु । बिहान ऊसँग बस्दा म स्वयम् निन्दाको कालो समुद्रमा डुब्दै उत्रँदै मज्जा लिइरहेको थिएँ । खुब मज्जाको रस छ निन्दामा । सूरदासले यस कारण भनेका छन्- रसहरूमध्येमा श्रेष्ठ निन्दा रस’ नै हो ।

०००
‘भोलामानको आत्मा’

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
भोलारामको आत्मा

भोलारामको आत्मा

हरिशंकर परसाईं
अश्लील पुस्तक

अश्लील पुस्तक

हरिशंकर परसाईं
दुई नाक भएका मान्छे

दुई नाक भएका मान्छे

हरिशंकर परसाईं
पहिलो तस्कर

पहिलो तस्कर

हरिशंकर परसाईं
अनुशासन

अनुशासन

हरिशंकर परसाईं
लासको मूल्य

लासको मूल्य

हरिशंकर परसाईं