सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नववर्षका अवसरमा खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता 

प्रतियोगितामा प्रथम हुनेलाई रु.२५ हजार, द्वितीय हुनेलाई रु.२० हजार तृतीय हुनेलाई रु.१५ हजार र सान्त्वना हुने दुई जनालाई रु.५/५ हजार नगद तथा पुरस्कृत सबैलाई प्रमाणपत्र दिइने छ ।

Nepal Telecom ad

काठमाडौं, ०७९, चैत १५ । भैरव स्मृति पुस्तकालयले नव वर्ष २०८० को अवसरमा खुला हास्यव्यङ्ग्य कविता प्रतियोगिता गर्नेभएको छ ।

यस प्रतियोगितामा जोसुकैले पनि भाग लिन पाउने कुरा उल्लेख गरिएको छ । कविता प्रतियोगितामा भाग लिन इच्छुक कविहरूले कविता २०७९ साल चैत्र मसान्तसम्ममा भैरव स्मृति पुस्तकालयमै बुझाउन सक्नुहुने छ वा इमेल ठेगाना bhairabaryallibrary@gmail.com मा पठाउन सकिने छ । पुस्तकालय बिदाको दिनबाहेक हरेक दिन बेलुका ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु.२५ हजार, द्वितीय हुनेलाई रु.२० हजार तृतीय हुनेलाई रु.१५ हजार र सान्त्वना हुने दुई जनालाई रु.५/५ हजार नगद तथा पुरस्कृत सबैलाई प्रमाणपत्र दिइने कुरा पुस्तकालयका कार्यवाहक अध्यक्ष रेखा अर्यालद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

प्रतियोगिता २०८० साल वैशाख ९ गते शनिबार ११ बजे गोकर्णेश्वर  नगरपालिका वडा नं. ७, दक्षिणढोका, भैरव अर्याल मार्गको अक्षरचोकस्थित भैरव स्मृति पुस्तकालयको सभाकक्षमा हुने जानकारी २०७९ साल चैत्र १२ गते प्रकाशित सूचनामा गराइएको छ ।

०००
– परशुराम पराजुली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad