साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नियति र देश

पदासीन हुने ठान्छन् सर्वेसर्वा म नै हुँ झैँ हुन्छ रावणझैँ सत्ता, सत्यवादी जटायुझैँ चक्रव्यूह बनाएझैँ समस्या कति हुन् कति अभिमन्यु सबै हामी सत्ता अष्ट-महारथी ।

Nepal Telecom ad

घोषणापत्रमा लाग्ने बन्ने भूस्वर्ग हो कि झैँ
छेपारातुल्य छन् नेता देश यो मरुभूमिझैँ
देशमा महँगी, द्वन्द्व, अत्याचार विवाद झन्
सत्तासीन निदाएका कुम्भकणर् समान छन्

बोल्छ इज्जतमा धावा छेउछाउ पुगीकन
सरकार सभाजस्तो द्रौपदीझैँ सुधी जन
मुक्ति सम्भव देखिन्न न लड्ने जोस तागत
सर्पका मुखका दीन भ्यागुताझैँ भयो गत

प्रशंसा नगरी बोले निकाल्ने गर्दछन् सुर
छन् दुर्योधनझैँ नेता, देश यो हस्तिनापुर
अर्थतन्त्र भयो बन्दी भ्रष्टका जालमा परी
जलकुम्भी बढी ताल बिस्तारै खुम्चिएसरि

जनता घानमा पर्छन् खटिन्छन् जो अहर्निश
भासका मृगझैँ गर्छन् फुत्किने पूर्ण कोसिस
टपर्टुय्याँ भए हाबी योग्यमाथि सधैँभरि
हिरा स्वणर् मुगा मोती धुलामा छोपिएसरि

पदासीन हुने ठान्छन् सर्वेसर्वा म नै हुँ झैँ
हुन्छ रावणझैँ सत्ता, सत्यवादी जटायुझैँ
चक्रव्यूह बनाएझैँ समस्या कति हुन् कति
अभिमन्यु सबै हामी सत्ता अष्ट-महारथी ।

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x