सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली साहित्य समाज सिन्धुली गठन

बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष रामचन्द्र आचार्य फुर्सदीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको छ ।

Nepal Telecom ad

सिन्धुली, ०७९ चैत १५ । वृद्धावस्था केन्द्रित साहित्य लेखनलाई अघि बढाउने उद्धेश्यका साथ साहित्यकारहरूको कमला सामूदायिक पुस्तकालय सिन्धुलीमा भएको भेलाले ‘बुढ्यौली साहित्य समाज सिन्धुली’ गठन गरेको छ ।

मकवानपुर र सिन्धुलीका साहित्यकारहरूको उपस्थितिमा सो भेला सम्पन्न भएको हो । सिन्धुलीका वयोवृद्ध महाकाव्यकार चेतप्रसाद ढकालको सभाध्यक्षता तथा बुढ्यौली साहित्य समाज मकवानपुरका उपाध्यक्ष रामचन्द्र आचार्य फुर्सदीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मकवानपुरबाट व्यङ्ग्यकार राजकुमार लामिछाने, कविहरू सुवास खनाल, पुरुषोत्तम आचार्य, भावना सापकोटा, उमेश तिमल्सिना, स्वस्तिका दहाल, मधु ढुङ्गानाको उपस्थिति रहेको थियो भने सिन्धुलीबाट खडानन्द तिमल्सिना, लोकेन्द्र डहरे, धनमाया राई , बाबुराम फुयाँल, शारदाप्रसाद पहाडी, राजकुमार माझी, केदार प्रसाद देवकोटा, पवित्रा तिमल्सिना लगायत दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित साहित्यकारहरूले आआफ्नो बुढ्यौली अवस्था केन्द्रित रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि फुर्सदीले ‘वृद्धवृद्धालाई एक्लोपनको अनभूति हुने भएकाले बुढ्यौली साहित्य समाजले उहाँहरूको आवाज बोल्ने भएका कारण एक्लोपन हटाउन सहयोग पुग्ने’ धारणा राख्नुभएको थियो ।

भेलाले एघार सदस्यीय समाजको कार्यसमिति गठन गरेको छ । साहित्यकार शम्भुप्रसाद गजुरेलको अध्यक्षतामा गठन भएको कार्यसमितिमा उपाध्यक्ष केशवकुमार फुयाँल, महासचिव कल्याण पहाडी, सचिव धनमाया राई, कोषाध्यक्ष विन्दा घिमिरे र सदस्यहरूमा शेषराज दहाल, महेश्वरप्रसाद कोइराला, बाबुराम फुयाँल, विश्वनाथ बराल, दुर्गा ढकाल र अस्मिता दहाल रहनु भएको छ भने सल्लाहकारहरूमा चेतप्रसाद उपाध्याय ढकाल र खडानन्द तिमल्सिना मनोनित हुनुभएको छ ।

मकवानपुरमा सर्वप्रथम गठन भएर कार्य प्रक्रिया अगाडि बढाएको बुढ्यौली साहित्य समाजको चितवन, भक्तपुर , रौतहट, महोत्तरी र सर्लाही लगायतका जिल्लामा कार्यसमिति गठन भइसकेको छ ।

०००
हेटौडाबाट संप्रस पौडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad