साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुकेको मान्छे

भगवानको कुराले निराश हुँदै भक्तले लामो सास फेर्यो । उसले मनमनै भन्यो आखिरमा मान्छे कहिले र कहाँनेर चुक्यो होला ?

Nepal Telecom ad

एउटा भक्तले मन्दिरमा गएर मुटु दह्रो बनाउँदै भगवान समक्ष आफ्नो गुनासो पोख्दै भन्यो “भगवान् ! कलिको उत्पातले पराकाष्ठा नाघ्यो । अन्याय, अत्याचार, भ्रष्टाचार र अनैतिकता चरमचुलीमा पुग्यो । हत्या हिंसा र बलात्कारका घटनाहरू तिव्र गतिमा बढिरहेको छ । हरेक क्षेत्रमा पापीहरूको वाहुल्यता बढ्दै गएको देखिन्छ । हुँदाहुँदा राजनीति, साहित्य, कला, खेलकुद, समाजसेवा, शिक्षा, स्वास्थ्य जस्ता पवित्र संस्था र तिनमा संलग्न व्यक्तिहरू समेत लोभीपापी देखिन थालेका छन् प्रभु ।

यतिमात्र होइन, यातायात क्षेत्रबाट प्रवेश गरेको सिन्डिकेट व्यवस्था उल्लेखित क्षेत्रमा पनि उत्तिकै देखिन थालेको छ । एकपटक सिंहदरबार प्रवेश गरेको नेता कहिले पनि घर फर्किन मान्दैन । त्यो पनि चित्त बुझाएकै थियौं । हुँदाहुँदै अब त उनैका छोरी, बुहारी, श्रीमती, भाइ, भतिजा र नातागोता लाई मात्र सिंहदरबार पठाउने काइते खेल सुरु हुँदैछ प्रभु । सहन सक्ने जति त सहेकै हो, सहनुको पनि हद हुनेरहेछ । अब हामीमा सहने शक्ति बाँकी छैन । अति भएपछि यो बिन्ती बिसाउँदै छु भगवान् । यहाँको विकृति र विसंगतिको अन्त्य हुने कुनै लक्षण देखिएन । न त हामीबाट नै यसको समाधान हुनसक्छ । त्यसैले भगवान्, अब छिट्टै यस धर्तीमा अवतरण गरेर धर्तीलाई लोभी पापीहरूको चङ्गुलबाट मुक्त गरिदिनु पर्यो !”

भगवानले भन्नु भयो- “वत्स, सारा विकृतिका विरुद्ध धर्तीमा अवतरणका लागि मलाई अनुरोध गर्यौ, विकृति बढेको स्विकार्न सक्ने चेत आएकोमा धन्यवाद । तर दुःखका साथ भन्दैछु, यो तिम्रो माग तत्काल मबाट पूरा हुन सक्दैन ।”

“किन प्रभु ?” भक्तले पुनः आफ्नो जिज्ञासा प्रकट गर्यो । भगवानले भन्नु भयो “प्रिय भक्त, अहिले धर्तीमा महाभारत काल र रामायण काल जस्तो अवस्था छैन । म कुन अवतारमा अवतरण गरौं ? कृष्ण अवतार लिने हो भने त्यसबेला एउटा मात्र कंश थियो । शकुनी एउटै थियो । तिनको अन्त्य गर्न खासै कठिनाइ थिएन । अचेल अधिकांश मान्छेभित्र कंशको रूप देखिन्छ । अनगिन्ती मान्छेहरू शकुनी बनेका छन् । त्यसैले तिमीले सोचेजस्तो त्यति सहज छैन ।

तिम्रो समाजले पाण्डवहरू कि कुल वहु द्रौपदीमाथि औंला उठाउन सक्छ । एकजना महिलाले पाँच पति राख्ने परम्परालाई तिमीहरूले फेरवदल गरि विलकुलै विपरीत बनाइ दियौ । बनवासका लागि जङ्गल जाऔँ आतङ्ककारी भन्छौ । एकैछिन द्यूतक्रिडामा रमाउने हो भने, तिमीहरू जुवाडे सम्झन्छौ । अझै प्रहरी प्रशासनले समेत कार्वाही गर्नसक्छ ।
राम अवतार लिने हो भने ठाडै सितालाई अन्याय भयो भन्दै मै माथि कार्वाहीको आवाज उठाउन सक्छौ । सीताको अग्नि परीक्षा लिने वातावरण पटक्कै छैन । सुन्दैछु, राजधानी अयोध्या समेत विवादमा तानिएको छ । मैंले कहाँ राजधानी बनाएर राज्य सञ्चालन गर्नु ?

कैकेयी विरुद्ध आमा समुहको अभुतपूर्व जुलुस निस्कन सक्छ । यदि यस्तो भइदियो भने पुत्र प्रति माता पिताको विश्वास रहँदैन । नाता सम्बन्ध विचको मान सम्मानमा भुइँचालो जानसक्छ । पृथ्वीमा एक्लै जन्म लिने कुरा असम्भव छ । मैले राम्रो सँग बुझेको छु, त्यस समयका सबै पात्रहरूले निर्बाह गर्नु पर्ने भूमिकामा अवश्य पनि अवरोध आउन सक्छ । खै किन हो अचेल मान्छेहरू छोइनसक्नु भएका छन् । तिमीलाई पनि थाहा छ, कति मान्छेहरू स्वयं भगवान हुँ भनेझैं गर्छन् । कतिले आफैं शासक भएको व्यवहार प्रदर्शन गर्न सक्छन् । त्यसबेला र वर्तमान परिस्थितिमा आमूल परिवर्तन आएको छ । यति मात्र होइन, उहिले र अहिले अनगिन्ती कुराहरूमा मेल खाँदैनन् । अब हामी मानव कोखमा जन्म लिएर अवतरण गर्न सक्ने वातावरण छँदै छैन । न मान्छेहरूले हाम्रो अवतारण नै गर्न सक्छन् ? त्यसैले असम्भव माग नगर । यो विकृति निवारणको एउटै मात्र उपाय तिमीहरू आफैंसँग छ वत्स ।”

“के उपाय छ बताइदिनु होला भगवान ?” उसले अन्तिम पटक भगवानसँग बिन्ती बिसायो ।
भगवानले भन्नु भयो- “तिमीहरू आफैं सुध्रनु पर्छ । भावी पुस्तालाई अनिवार्य नैतिक शिक्षा पढाउनु पर्छ । अब सधै हाम्रो भर गरेर बस्ने बानी त्यागीदेऊ भक्त ।”

भगवानको कुराले निराश हुँदै भक्तले लामो सास फेर्यो । उसले मनमनै भन्यो आखिरमा मान्छे कहिले र कहाँनेर चुक्यो होला ?

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन कागती र गोजी कागती

सुन कागती र गोजी...

चिरञ्जीवी दाहाल
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x