साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुक्ति

विद्यालय पुगेपछि उनको पहिलो काम हाजिरी र पाए एक कप चिया । साथीभाइहरूसँग सामान्य भलाकुसारी र राजनीतिदेखि सञ्चो विसञ्चोसम्मका कुराकानी ।

Nepal Telecom ad

“नमस्कार आमा । सञ्चै हुनुहुन्छ ? के गर्न लाग्नु’भा ?”
“बुवा नमस्कार, आरामै हुनुहुन्छ नि ? अहिले जान्छु ल ?
पाका उमेरकालाई मात्र होइन, कम उमेरकासँग पनि उनी यस्तै तरिकाले शिष्टतापूर्वक कुराकानी गर्छिन् र हिमचिम बढाउँछिन् ।

भाइ आज कलेज गएनौ ? कि, पढाइ छैन ? पढ्नचाहिँ पर्छ है भाइ, समय घर्केपछि हुँदैन ।
बाटोमा भेटिएकासँग प्रायः उनको कुरा भइरहन्छ । कहिलेकाहीँ उनी बाटो छोडेर बस्तीभित्र छिर्छिन् । दीपा मिस आउनु भो भनेपछि सबै ठाड्ठाडा कान लगाएर उनका कुरा सुन्न लालायित देखिन्छन्, त्यसमाथि पनि महिला दिदीबहिनी र आमाहरू ।

उसो त बाहरू पनि उनको कुरा सुन्दा दङ्ग पर्छन् । ए !, हँ !, त्यसो पो ! भन्दै उनका कुरामा चासो देखाउँछन् ।

“आज मेलापात छैन कि कसो ? खेतीपातीका बेला पनि यस्तो फुर्सद ?”

सधैँ मेलापात, काम, केटाकेटी, वस्तुभाउ भनेर छटपटाइरहने महिलालाई भेटिन् भने उनी यसरी नै कुरा गर्छिन् । उनीहरू पनि दीपा मिस भेटेपछि एक्कैछिन भए पनि मुन्टो ठड्याउँछन् र हाँसीहाँसी बात मार्छन् ।
“सञ्चै हुनुहुन्छ नानी ? खानपिन गरेरै हिँड्नु भा’त होला ? टाढा छ, के गर्नु नगई हुँदैन ।”

उनीहरू पनि दीपा मिसलाई यसरी नै सहानुभूति ओइर्‍याउँछन् । दीपा मिस सेता दाँत देखाएर खिस्स हाँस्दै कट्टीको सारी मिलाए जस्तो गरी स्याहार्दै अघि बढ्छिन् ।

विद्यालय पुगेपछि उनको पहिलो काम हाजिरी र पाए एक कप चिया । साथीभाइहरूसँग सामान्य भलाकुसारी र राजनीतिदेखि सञ्चो विसञ्चोसम्मका कुराकानी ।

मिस कक्षामा कहिल्यै पस्नुहुन्न भन्ने सबै विद्यार्थीलाई थाहा छ । टाढैबाट गुड मर्निङ गर्छन् । उनी पनि हाँसेरै गुड मर्निङ फित्र्याउँछिन् र आफ्नाे बाटो तताउँछिन् ।  गाउँलेहरू भेला हुँदा भन्छन् – “मिस हुनु त दीपा मिस जस्तो । कति फरासिली !”

अर्को वर्ष तिनै फरासिली मिस सबैको शुभेच्छाले पार्टीको टिकटमा त्यही प्रदेशको सांसद् बनिन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
ढाेग दियाँ

ढाेग दियाँ

रामप्रसाद पन्थी
के अर्थ ?

के अर्थ ?

धनराज गिरी
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x