साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावी गीत

बोल्न समेत गारो मान्थे हिजो तिनै नेता सोधी खोजी धाउँदै छन् आज किन यता ?

Nepal Telecom ad

गाउँतिर डोजर चल्यो चुनाव लागेछ कि ?
आज सडक बत्ती बल्यो चुनाव लागेछ कि ?

कोही पनि छिर्दैनथे त्यता हिजोअस्ति
भीडभाड देख्छु आज सुकुम्बासी बस्ती
भोकभोकै रात काट्थे खाना नपाएर
आज बिहान राँगो ढल्यो चुनाव लागेछ कि ?

आज सडक बत्ती बल्यो चुनाव लागेछ कि ?

बोल्न समेत गारो मान्थे हिजो तिनै नेता
सोधी खोजी धाउँदै छन् आज किन यता ?
बिग्रेको थ्यो पुरै बाटो हिँड्न मिल्दैनथ्यो
आज किन कालो दल्यो, चुनाव लागेछ कि ?

आज सडक बत्ती बल्यो चुनाव लागेछ कि ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x