के.पी. पाैडेलआमा
दियौ त्राण रक्षा, खुबै होमिएर । गयौ मातृ एक्लै, दशा बल्झिएर। ग-यौ धेर माया, सुता पुत्र भन्दै। रिसाएछ क्यारे, दशा काल ज्यादै।। यहाँ तस्बिरैले, खुबै याद दिन्छ। गुम्यो मातृ माया, कहाँ शान्ति मिल्छ।।

केपी पौडेल :
दियौ उच्च माया, ग-यौ रेखदेख ।
सह्यौ दुक्ख पीडा, तगारा अनेक ।।
थियौ मातृ मेरी, भवानी उमाझैँ ।
गयौ साथ छोडी, विलायौ धुवाँझैँ ।।-१
तिमी साथ मिल्थ्यो, मिठो त्यो बिहानी।
अँध्यारो निशाझैँ , भयो जिन्दगानी।।
दियौ काख आमा, खुबै प्यार भर्दै।
गयौ साथ छोडी, विधाता पुकार्दै।।-२
कला शिल्प भाषा, दियौ स्वच्छ माया।
दियौ दुग्धधारा, खियाएर काया।।
दियौ त्राण रक्षा, खुबै होमिएर ।
गयौ मातृ एक्लै, दशा बल्झिएर।।-३
दियो सूचना स्वप्नमा त्यो मलाई ।
ग-यो कालले नाटकै शीघ्र आई ।।
थिइन् पार्वतीझैँ, उमासाथ माता ।
दशा काल छिट्टै, पठायौ विधाता।।-४
ग-यौ धेर माया, सुता पुत्र भन्दै।
रिसाएछ क्यारे, दशा काल ज्यादै।।
यहाँ तस्बिरैले, खुबै याद दिन्छ।
गुम्यो मातृ माया, कहाँ शान्ति मिल्छ।।-५
खुसी या व्यथामा, कहाँ छ्यौ नि माता।
कुनै विघ्न बाधा, नहोस् है विधाता।।
गयौ साथ छोडी, त्यहाँ स्वर्गलोक ।
मलाई छ पीडा, निराशा अनेक।।-६
०००
बट्टार, नुवाकोट । हाल:- बालाजु, काठमाडौं ।
फोन नं. ९८४१७५८१८४
Subscribe
Login
0 Comments
Oldest





































