साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए सराद्दे बाजे

खाली आमाको सराद्द गराएर भुलाउँछौ कि आज आमालाई नि बोलाउँछौ ? गौ दान गर आमाले पाउछिन् साडी दान गर आमाले पाउँछिन् भनेर झुट खेती कति दिन चलाउँछौ ?

Nepal Telecom ad

प्रेम ओली  ढकलपुरे :

ए सराद्दे बाजे ?
आज एक दिन भए नि
मेरी आमालाई भेटाइ देऊ
आमाको अनुहार देखाइ देऊ
हरेक वर्ष मेरी आमाले नै पाउँछिन् भन्दै
दाल चामल र फलफूल दान माग्छौ
आमालाई नदिएर के आफै राख्छौ ?
आमाको नाममा चढाएका
हरेक कुरा आमाले पाउँछिन् भन्नेले
एक दिन भए पनि आमालाई बोलाई दिन सक्दैनौ ?
एक छिन भए पनि आमा देखाइदिन सक्दैनौ ?
हैन भने किन तिथि र श्राद्ध गराउँछौ
सबै आमाले पाउछिन्र भन्दै किन कराउँछौ ?
ए सराद्दे बाजे
एक दिन भए पनि मेरी आमालाई बोलाई देऊ न
आज आमालाई मुख हेर्नु छ
मेरी आमाको अनुहार देखाइ देऊ न
साँच्चै म आमालाई, बा भन्दा धेरै मिस गर्छु
ए सराद्दे बाजे
खाली आमाको सराद्द गराएर भुलाउँछौ कि
आज आमालाई नि बोलाउँछौ ?
गौ दान गर आमाले पाउछिन्
साडी दान गर आमाले पाउँछिन्
भनेर झुट खेती कति दिन चलाउँछौ ?
तिम्रो मन्त्र, ज्ञान के छ प्रयोग गरेर
एक दिन भए पनि मेरी आमालाई बोलाऊ
नत्र त्यो ठगी खाने भाँडो अब जलाऊ ।
तिमीले न बोलाए पनि मेरी आमा
मेरो मन मस्तिस्कमा सधैं छिन्
सपनीमा भए पनि आएर आशिस दिन्छिन् ।

०००
घट्टेकुलाे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x