साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म पनि ओभरै छु नि त

आखिर म मैँ हुँ ठान्छु आफूलाई । तर मेरो यो घटिया आदतले मलाई कुन दिन बाघकै मुखमा हाल्नेछ... त्यति बेला मेरो के गति हुनेछ भन्ने पनि सोँच्छु । तर लागेको बानी फेरि उही त हो नि ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

मलाई चिन्नुहुन्छ कि चिन्नुहुन्न कुनि ! मलाई कुनै वास्ता छैन । तर म आफूलाई अरुभन्दा बेग्लै ठान्छु । यसको अर्थ मेरो फुर्केपनाको विज्ञापन पनि गरेकी होइन । म मैँ हुँ । किनभने म गाउँको हरेक मान्छेको कुरा लिएर अन्तै वमन गर्ने हुँ । मलाई पोल लाउन मनपर्छ । समाजका हर प्रकारका व्यक्तिसित उठबस् भएकोले कसको के गुप्ति कुरा छ, कसको के कमजोर छ त्यसको आन्द्राभुँडी थाहा छ । मसित गाउँका प्रायः सबै नै सतर्क हुन्छन् । मदेखि पर… पर हुन्छन् । किनभने म पोल हाल्न छिटो एक नम्बरको छु । पोल मात्र होइन ड्रिङ्क्समा स्न्याक्स जस्तो मेरो पोलमा पच्चीस प्रतिशत बनावटी कुरा हुन्छ जुन कुराले मेरो पोल सुन्नेहरूको रिसको आगोमा पोलिन्छन् । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त…

को कहाँ जाँदैछ, कसले के गर्दैछ, को कोसित कार्यक्रममा सँगै थियो । ती सामान्य कुराहरू हुन् । तर त्यसमा मसला हालेर वा आगोमा घिउ थपेजस्तै जस्तै म पनि त्यस्ता मनगढन्ते कुरा थपेर गण्डागोल मच्चाउन सक्छु । यो मेरो खूबी हो, ट्यालेण्ट हो । यसैले म मैँ हुँ । फेरि मलाई कुरा बिगार्नु जति आउँछ त्यसभन्दा बढी कुरा बनाउनु आउँछ । पोल हाल्दा कतै कुरा बिग्रियो भने एक छिनमै कुरा बनाएर पोल पोल होइन एउटा सामान्य कुरा मात्र हो भनी प्रमाणित गर्नमा पनि मलाई कसैले भेट्दैन । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।

मलाई मान्छेले दिने बानी गरेको छ । जुन घरमा जान्छ त्यस घरबाट मलाई केही देवोस् भन्ने विचार लिएरै त्यहाँ पुग्छु । दिए ती घरकाहरू अति नै माई डियर नदिए तिनको भएभरको पोल खोलेर मेरो पाल लाउने कलामा धार लाउँछु । फेरि अर्को कुरो, म मान्छे मज्जाको छु नि । उदाहरणको लागि, सम्झिनुहोस्, म तपाईंको घरमा केही पाउने आशामा उपस्थित भएकी छु । यसो घरको छाँटकाँट हर्दै मेरो सिक्स सेन्सले मलाई सङ्केत गर्छ… यस घरबाट केही कुराको आशा नगर् । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।

मेरो गिदी सन्किन्छ त्यस घरका मान्छेको वेउरा देख्दा । किसिम कुरा हाँकेर भन्छु, सुन्नुभयो हजुर ! हिजो फलानो घरमा गएको थियो कि आमामामा… सुके पोखरीबाट डुकु, इस्कुस, गट्टा, गुन्द्रुक, च्याउ, सिमरायो, दुङ्दुङ्, रायोको साग, इस्कुसको मुन्टा, मूला ल्याएको रहेछ कि मलाई एक भारी दियो अन्त भन्नुहोस् न ! होस भन्दा पनि जबरजस्ती यत्रो झोलामा हालिदियो नि । थेत ! त्यति मात्रै कहाँ हो र हजूर ! विचारा अमृत भाइले पाँच सय रुपियाँ पनि दिनुभयो । मैले पर्दैन भन्दा पनि बुहारीले जबरजस्ती मेरो ब्यागमा घुसारिदिइन् । कम्ति अपठेरो लागेको होइन । यसो भन्नुको खास मतलब चाहिँ के हो भने, त्यस घरबाट पनि केही न केही पाउनु का साथै केही पैसा पाइन्छ कि भनेर । कतिले यो कुरा सुनेर दिइ पनि हाल्छन् तर धेरैलाई मेरो इन्डाइरेक्टली मगन्ते बानी थाहा भइसकेको हुनाले उनीहरू मेरो कुरालाई वास्तै नगरी नसुनेको जस्तो गर्छन् । यतिबेला पनि तिनको घरको पोल गाउँमा कतै सुनाइन्छ छ नि बाह्र मसाला हालेर । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।

असत्य कुरा, हुँदै नभएको कुरालाई पनि विशाल बनाएर पोल हाल्नमा म गज्जब छु । मौकामा चौका हान्न जान्दछु । कसैलाई चम्काउनु र कसैलाई उचाल्नु मेरो दाहिने हातको काम हो । कथम्काल जिब्रो चिप्लेर कुराले काम बिगार्न बिगार्न आँट्यो भने मोर्चा सम्हाल्न पनि मलाई कसैले भेट्दैन । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।

कुरै कुरामा, अस्ति एउटा घरबाट सामान्य पैसा खुस्काउनु थियो । त्यो घरमा गएर एकजनाको पोल खोले- त्यो बहिनीको त बानी नै त्यस्तो छ नि । अस्ति एउटा प्रोग्राममा एकजनाले टिकट दिएर डाँटसितले प्रोग्राम हेरेकी देखेर कम्ति त रिस नउठेको होइन । अर्काको टिकटमा के प्रोग्राम हेर्नु हई । आफ्नै दमले टिकट किनेर प्रोग्राम हेर्नु नि । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।

जोशमा के के भनेँ भनेँ थाहै भएन । मेरो पोल सुन्नेले ती बहिनीलाई सुनाइदिएछ । बेलुकी पोल सुन्ने श्रोताले मलाई फोन गरिन्- औ…पोलमिस् । तिमीले भनेकी त्यो बहिनीलाई त उनको म्याजिष्ट्रेट अङ्कलले पो टिकट दिनुभएको अरे । तिमीले कसरी भन्यौ त्यो बहिनीलाई कुने कसले टिकट दियो भनेर । यस्तो हावाको कुरा पनि गर्नुहुन्छ हँ ! तिमीलाई सोध्नु त्यो बहिनी र उनको म्याजिष्ट्रेट अङ्कल आउँछु भन्दैछ है । अलिक विचारेर बोलन हौ… यस्तै पारा हो भने तिमी एकदिन डरलाग्दो दलदलमा फँस्छौँ । सोंच्छु । साँच्चै मैले गल्ती त गरेकी छैन । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।

मुटु च्यूँ भयो । मलाई पनि एकजना बत्तीसपुतलीले भनेकी । मैले त केही खुस्काउनलाई यस्तो मसला लाएर पोल खोलेकी । तर यहाँ त माजरा अर्कै भएछ । एकक्षण त थरथरी कामेँ । अचानक पसिना आयो । सोंचेँ, साँच्चै आएर मलाई प्रमाण माग्यो भने त मलाई लाजमर्दो मात्र होइन मेरो जगटा लुछ्न बेर पनि लाउँदैनन् भन्ने डरले रातभरि सुतिनँ । भोलिपल्ट बिहानै त्यस घरमा गएर यस्तो कुरा बनाएँ… आम्बो वकिललाई पनि जिताउने लागिरह्यो । मैले भने, होइन मैले त्यो बहिनीलाई टिकट कसैले दियो भनेकी होइन, त्यो बहिनीले पनि उसलाई टिकट मागेर दिएकी भनेकी । कि मैले भन्नु गलत गरेँ कि तिमीले सुन्नु गल्ती गर्‍यौ । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त… ।

त्यस घरकीले भनी, जे होस् यसैकारण मुख सम्हालेर बुझेर मात्र बोल्नू ! ती बहिनी र उनको म्याजिष्ट्रेट अङ्कल मात्र होइन उसका सात-सातजना डँडाक डँडाक छेमाहरू मेरी छोरीलाई कसले कसरी कहाँ टिकट दियो.. भनेर तिमीलाई न्याँक र झ्याँक पार्‍यो भने तिमी के गर्छाैँ । लु तेसो नगर्ला, हिन् त्यो केटाकोमा जसले हाम्रो छोरीलाई प्रोग्रामको टिकट दियो… हिन् ऐल्यै हिन्… प्रुफ गर्नुपर्छ भनेर जगटामा तानेर लाग्यो भने तिम्रो गति के हुन्छ ? हो नि हुनु त । कुन दिन चाहिँ म ।

हुन पनि हो । साँच्चै मलाई प्रमाण मागेर दिनु सकिनँ भनी मलाई थाङ्ना बनाउनु बेर लाउँदैनन् भन्ने डरले मरिगएँ । अबदेखि यसरी हावाको कुरामा पोल हाल्दिनँ भने कूल देवतालाई माफ मागेँ । तर लागेको बानी कसले छोड्ने ? फेरि मुख ता चिलाइहाल्छ… पोल वर्षा वर्षिहाल्छ । आखिर म मैँ हुँ ठान्छु आफूलाई । तर मेरो यो घटिया आदतले मलाई कुन दिन बाघकै मुखमा हाल्नेछ… त्यति बेला मेरो के गति हुनेछ भन्ने पनि सोँच्छु । तर लागेको बानी फेरि उही त हो नि । कसैको पोल नहाली कसरी कसैको प्यारो हुनु हई । यस्तो काम किन गर्नु हई… म पनि ओभरै छु नि त….

०००
जलपाईगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
दोब्बर पुरस्कार

दोब्बर पुरस्कार

टीकाराम रेग्मी
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
दुई नम्बरीको संसारमा

दुई नम्बरीको संसारमा

काेइराला वत्सराज
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x