साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन् बेच्न बाँकी अझै

जुध्ने जात र रङ्गका विषयले साँडेहरू छन् जुरे हेर्दा साधु समान दुष्टमनका ढाडेहरू छन् भुँडे अर्काको वहकाउमा वहकिने सोझा हुने देशमा जे खोजे पनि मिल्छ खोज कवि हो छन् बेच्न बाँकी अझै ।

Nepal Telecom ad

रोहिणी रसिक :

हाम्रासामु हजारथान अमिला भोगाइका चाङ छन्
हाँसो बन्चित ओठ छन् सडकमा हेपाइका डाम छन्
भित्री आसय छोप्न माहिर यहाँ बुट्टामयी खाम छन्
जाने देख्न चुसेर व्यग्र पसिना मोटाउने नाम छन् ।

हेर्दा सुन्दर ताल नाद छहरा खोक्र्याउने छन् यहाँ
बिर्सी धर्म कमाउने नियतका आत्मा हुने छन् यहाँ
अर्काको अपनत्वका विषयले जल्नेहरू छन् यहाँ
जाने हेर्न विरक्त आँसु पिउदै ढन्नेहरू छन् यहाँ ।

फुल्ने फूल गुराँसका वनहरू मास्नेहरू छन् त नि
पार्दा आपद छेउछाउ तिरका हाँस्नेहरू छन् अनि
खुट्टा तान्न सिपालु मोल्न पिडुला सर्वत्र जान्नेहरू
हाम्रै गाउँ समाज पार्न फितलो हाम्रै बिगार्नेहरू ।

छन् बा बृद्ध मुमा अशक्त अनिदा छ्न् झुस्स पाखाहरू
रित्ता छन् घर गाउँ मानिस बिना सन्त्रस्त आँखाहरू
लाखौँलाख विचौलिया जहरिला ब्वाँसाहरू छन् यहाँ
देखेनौ कविले ? असङ्ख्य उपियाँ उफ्री रहेछन् जहाँ ।

छन् विद्यालय टन्न शुल्क असुली व्यापार गर्ने निकै
छन् मन्त्रालय भ्रष्टका नजरमा चल्दै गरेका ठिकै
रोगी छन् उपचार धान्न नसकी ओछ्यान पर्ने यहाँ
अर्काको अपकारमा नित खुसी बैमान गर्ने यहाँ ।

खोला मुर्तिहरू पहाड सुनका बेच्नेहरूका घर
राम्रा छन् अतिभव्य छन् शिखरझैं देदीप्य छन् सुन्दर
हाम्रा संस्कृति सभ्यता निधिहरू बेच्नेहरू दाममा
हाँक्दैछन् अझसम्म देश दुनियाँ छन् बेच्न बाँकी अझै ।

तानातान लुछाचुडी र झगडा हिंसा वलात्कार छ
डाकाका सरदारको सदनमा शार्दूल हुङ्कार छ
लुट्ने इज्जतका अनेक गण छन् कालाबजारी अति
छन् शान्तित्व सिकाउने गुरुहरू सम्पत्ति जोड्दै कति ।

जुध्ने जात र रङ्गका विषयले साँडेहरू छन् जुरे
हेर्दा साधु समान दुष्टमनका ढाडेहरू छन् भुँडे
अर्काको वहकाउमा वहकिने सोझा हुने देशमा
जे खोजे पनि मिल्छ खोज कवि हो छन् बेच्न बाँकी अझै ।

०००
खार्पा, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x