साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन् व्यस्त श्रोताहरू

श्लाघामा रणभुल्ल नश्वरहरू सर्वत्र छन् माफिया औताएर म अग्लिए शिखर झैँ भन्ने स्वयम् काफिया उस्तै बुज्रुक कामचोर अविधा मञ्चीय होताहरू के भन्नू कविता खस्याक्खुसुकमा छन् व्यस्त श्रोताहरू।

Nepal Telecom ad

रोहिणी रसिक :

अर्कैको गुणगानका विषयमा छन् मस्त तोताहरू
फुल्दैनन् डरले लुटिन्छु कि भनी छन् त्रस्त कोथाहरू
कल्ले चिन्छ र झार पात सरिका नाथे बोहोताहरू
के भन्नू कविता खस्याक्खुसुकमा छन् व्यस्त श्रोताहरू ।

भेडाछन् सबठाउँमा स्वर उचो भ्या भ्या गरी उफ्रने
हल्लाको पछि दौडिएर सतही आराधना बिर्सने
थुप्रैछन् अभिमानका विषयले फुल्ने लिखौटाहरू
के भन्नू कविता खस्याक्खुसुकमा छन् व्यस्त श्रोताहरू ।

आआफ्ना गण गुल्म स्थानसँगको सामीप्य भन्दा पर
फुर्के शैलुङमा पुर्‍याउन सधैँ जान्नेहरूकातिर
छन् सत्कर्म गरेर आर्जित खुसी पिस्ने सिलौटाहरू
के भन्नू कविता खस्याक्खुसुकमा छन् व्यस्त श्रोताहरू ।

श्लाघामा रणभुल्ल नश्वरहरू सर्वत्र छन् माफिया
औताएर म अग्लिए शिखर झैँ भन्ने स्वयम् काफिया
उस्तै बुज्रुक कामचोर अविधा मञ्चीय होताहरू
के भन्नू कविता खस्याक्खुसुकमा छन् व्यस्त श्रोताहरू।

राता चाहत चित्त चञ्चल हुने उन्मत्तका चिन्तन
भोकोपेट कहालिने समयले जे दिन्छ खाने जन
व्यापारी कवि देश हाक्न सुरिने खोटा सरौताहरू
के भन्नू कविता खस्याक्खुसुकमा छन् व्यस्त श्रोताहरू ।

०००
खार्पा, खोटाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन् बेच्न बाँकी अझै

छन् बेच्न बाँकी अझै

राेहिणी रसिक
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x