साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धि नभको मोरो

उनीहरू याहा आएर धाक धक्कु लगाउन पछि पर्दैनन् । तर वास्तवमा उनीहरूका समस्या अनेक छन । त्यहाँ जान पाए त के के नै होला भन्ठान्छन् । यहाँको झिटी झाम्टो बेचेर उता गए । उता गए पछि फस्छन यस्ता समस्यामा ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

बाहिर गेटमा एक्लै गुन्गुनाउँदै कोही मानिस आएजस्तो लागेर यसो चिहाउँदै थिएँ सरासर भर्‍याङनै चढेको थाहा पाएँ । को मान्छे होला भनेको त मिश्रमामा आएका रहेछन् । मामा आज कुनै कुराले पिरलिएर आएजस्तो लाग्यो । मुहार चुनाव हारेको नेताको जस्तो देखियो । चिन्तित मुद्रामा मामाले भन्नुभो “आएन मोरो । बुद्धि नभएको मोरो । मर्छु बरू घर त जान्न भन्यो रे । मरोस उतै ।”
यति सुने पछि त खाटी कुरा बुझ्न परेन र । मैले प्रस्न हुत्त्याएँ “ए मामा ! को आएन भनेको ? को हो बुद्धि नभएको ?”

मामाको पुराण अर्थात कथा सुरु भयो । गाउँको एउटा केटो विदेश गएकोमा घर फर्केन रे । यहा भर्खर बिहा गरेकी तरुनी पत्नी छोडेर गएको घर फर्केरै आएन । बुढा बाउ आमा र उसकी पत्नी छन घरमा । सम्पत्ति नभएको पनि होेइन छ गरी खाए सानु परिवार पालिन सक्छ । तर ऊ फर्केर आएन जसरि हुन्छ त्यसलाई घर पठाइदेउ भनेर गाउका उते रहेका मानिसलाई भन्दा उनले फकाउने हप्काउने आदि सारा अस्त्र प्रयोग गरेछन्। तर पनि मानेन किन भन्दा उसले भनेछः-

म उताबाट जब यता आएँ भनेजस्तो काम पाइन । जसरि हुन्छ बाँच्न त पर्‍यो । जहाँ जस्तो काम पाए पनि गर्न थाले । निच काम गरे पछि इज्जत पनि गिर्दै गयो । मेरो जीवनको स्तर नै गिर्‍यो । फोहोरी अप्ठेरा र घिन लाग्दा काममा मात्र बोलइने र खट्नेमा दरिएँ । कतिका घरका बाथरुम सफा गरेँ । कति पटक गन्हाउने ढलमा पसेर काम गरेँ, शरीरनै ढलमय पनि भयो । ज्यानै लाला जस्तो काम पनि गरेरै बाँचे । हुँदा हुँदा चारपाँच घरका भाँडा माझ्ने काम गरेर बाँचे । कामबाट जति पाएँ सबै खाएँ । बचत केही भएन । अब म कसरि घर जानसक्छु । जाने भएपछि केही लान पनि पर्‍यो तर त्यो क्षमता मसँग छैन । फेरि अर्को एउटा समस्या पनि छ यहा मैले धेरैका भाँडा माझे । जति भाँडा माझेँ म त त्यसमै अभ्यस्त भए छु । अचेल त अरुका भाँडा माझ्न पाए मात्र सुखी ठान्न थालेको छु आफैलाई । अब भन्नोस् त गाउँमा गएर ओल्लो पल्लो घर गएका बखत त्यहा जुठाभाँडा देखिएला तुरुन्तै मस्काउन मन लाग्ला । मावली ससुराली जान मनलाग्ला अथवा पर्ला त्यहा गएर पनि जुठाभाँडा देख्यो कि मस्काउन मन लाग्ला । अनि त पर्दैन फसाद ?

मिश्रमामाले यो कुरा सुनेछन ।उनलाई बसीसक्नु भएन छ अनि कसलाई भनु कसलाई भनु भएछ । आए मामा मेरा घर । मलाई बताए सबै कुरा । भने भने सर्लक्क कुरा मसँग । मैले मन मनै सम्झेँ विदेश गएका प्राय हाम्रा युवकका यस्तै समस्या छन प्राय । यद्यपि उनीहरू याहा आएर धाक धक्कु लगाउन पछि पर्दैनन् । तर वास्तवमा उनीहरूका समस्या अनेक छन । त्यहाँ जान पाए त के के नै होला भन्ठान्छन् । यहाँको झिटी झाम्टो बेचेर उता गए । उता गए पछि फस्छन यस्ता समस्यामा ।

अलि कति भाग्यमानीका तालुमा आलु फल्न पनि सक्छ तर धेरै जसोको बिल्लीबाठ नै हुन्छ । कि फर्कदै फर्कदैनन्, फर्के पनि दुःखै पाउछन । कि बाकसमा आउँछन् ।
मिश्रमामा र म यस्ता कुरामा चिन्तन गर्दै थियौँ, मेरी उनीका आँखाबाट आँसु बगेको देखियो ।

०००
बानेश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x